मारेको इतिहास र जुनि कम्युनको ज्युदो स्मृति

मेरो प्रिय नेता नेताहरुको पनी नेता बेमौसमी अकल्पित बर्षाको खहरे बाडीमा कहाँनेर को हराउँछ । समयले युगको जनाउ घण्टी दिदो हो त त्योसँगै आस्थाको बिरासतबाट खबरदारीको आवाज तिम्रा कानमा गजरमन्न सुनिने गरी बजाउने थिए । मेरो स्मृतिमा बारम्बार जिस्कने आस्थाको मिथ्या सोयम्बर सोचिरहेको छ ।

मानवीय संबेदनसिलताको प्रचुर ज्वालाको त्यो आस्थाले जिन्दगी चलाउछ या जिन्दगीले आस्था बचाउछ । त्यो म भन्दा अज्ञानिनै छु । भनिन्छ आस्था अन्धो हुन्छ । जीवन लङगडो हुन्छ । अन्धो र अपांग दुबै जुरेर मान्छे बन्छ हो म त्यहीँ मान्छे हु । मेरो जिबनले अङ्गालेको भीष्म प्रतीक्षाको आस्था बोकेर कुनै बाटोमा हिडिरहेको थिए । त्यो आस्था त्यस्तो थिएन जसले चोरेर लिन सक्दैन र मेरो स्मृति स्मारिकादेखि हराउन पनि सक्दैन,म बिश्वस्त थिए ।

अनौठो अठ्यास लाग्दो अन्धो आस्थाका दिबारलाइ हेल्चक्र्याइको निद्राबाट बाहिर गयर कहिकतै ठोक्किएर उ पनी अपांग बन्दाको बिस्मतका पिडाहरु नत पिडाको आँसु बन्दा रहेछन । नत कुनै त्राणका नै अहो आज यो दुनियाँमा को कहाँनेर कसरी हरायो । मैले बुझ्नै सकिरहेको छैन । अझ भनु म र तिमी को कहाँबाट छुट्टीएर अन्धो अपांग भएर स्वयंत सभ्यताको भिख मागिरहेका छौ के थाहा ? बस यतिमात्र थाहा छ ।

तिम्रो अगुवाइमा थालिएको शुसज्जित सुन्दर समाज डर त्रास भयमुक्त खुशी सूखी युद्ध मुक्तसमाजको आस्थाको निहारिका मुक्तबस्तीका छाप्रामा बाडिएका प्रिय सपनाहरूले मलाई मेरै जिन्दगिको घडिको पलपलले कुनै तुलोमा तौलेर जोखेर घृणा गरिरहेको मुक बस्तिका रैतिहरु होसमा पनी पागल बनेर तिमिलाई त के मलार्इ नि धिक्कारेर ललकारी रहेछ । म सोच्छु तिनीहरु पगल नै हुन या त कुनै ब्यबस्थाले पागल बनाइएका हुन ? जिल्ल परेको हुन्छु ।

अझैसम्म मेरो मानस्पटलमा

जतिबेला बिषमत्त नागहरुले सहारा हिन मानव सभ्यतामाथी बिष भेदन गरेर हैरान बनाउने गर्थे त्यसको प्रतिरक्षा गर्न तपाईंको उद्देलित धुरन्धर बहादुरीताको भुबन धुरिको उचाइको मापन नत मैले गर्न सक्ने गरेको छु । नत हजुरले नै तर एउटा मुक बस्तीमा चिल्लिबिल्ली परेका कुनै कल्पबृक्षसंग ठुस्स रिसाएका लालिगुरासका पोथराबाट तप्पतप्प फुटेका राता रङ्गको फुलहरुलाई थाहा होला । आज तिनै मौरिले घार छोडेर खालिन खाली देखिएका बाक्ला मानव बस्तिका सन्नाटा कोलाहल मौनता भित्रको एक अनुभुति सुनाउने जमर्को गरिरहेको छु ।

कागले म कोइली हु भनेर को पत्याउने किनकी कागले कोइली जसै कराउन पनि त जान्नु पर्याे नि ।

प्रिय…
सेभ्रा हिमचुचुरा कुशे,रमका,रिखे प्यारी ,कचाली ,चाखुरेको काखमा ललिट अडिएको नागबेलिझै बेरिएर रहेका मुक्तमन्द निखार हरियाली डाँडाकाडा चिन्तित थकावटको महसुसमा अबिछिन्न सुस्केरदै बगिरहेका भेरी ,नलगाड,सरु,चैयाका मनमोहक्त नदिहरु बिचमा प्राग ,आधुनिक र यो युगको मानव सभ्यताको निर्माण कार्यमा बलिदान बहादुरीताको कर्णप्रिय कारुणिक कथाको सानो बर्णन गर्न जमर्को गर्दैछु ।

नेता ज्यु

बैरी करेतका बाक्लो तानाशाही उपस्थितलाई शिष्ट सभ्यताको परिकल्पनाहरुलाई नौलो जनबादी राज्यको स्थापना गर्ने दीर्घकालीन अठोटको संकल्प गरेर एउटा उथलपुथल ल्याउनु भयो त्यसप्रति मेरो सद्भाबको कमि छैन । लागाम बिनाको घोडा र घोडा बिनाको तानाशाहको अत्याचारको खेती बन्दभएकोमा त्यो घडीको एकपल सम्झाउन पर्दैन होला ।

बिडम्बना यो छ । तपाईंले छरेको माक्र्सवादी औषधिको कारण रैतिलाई बारबार टोकेर हैरान बनाउने बिष भेदका बैरी गोमन र करेतहरु कल्प पसेका थिए । गोला बारुदको वर्षा परस्थितिमा पनी नडगमगाउने मानव बस्तिका लाल पोथराहरुमा शान्तिको निहारिका सप्तरङ्गी किरण छाएको अनुभवबाट म र मेरा दौँतरी जानकार थियौं । मैले त्यहीँ महाअभियानमा लाग्ने प्रेरणाको श्रोत तपाईंको निष्कलङ्कित उर्वर मानव पोथरासँगको सम्बन्धको कारण थियो । माक्र्सवादको सम्बन्ध कमरेडको नाता बर्गिय आचरण र कार्यशैलीसँग थियो । तपाईंको नामसँग थिएन । यो त वास्तविक यसुक्तिले स्पष्ट पारेकै छ ।

यो देशको राजनीति बिचित्र को त छदै थियो । तर हजुरले सिक्ने माक्र्सवाद र सिकाउने माक्र्सवाद फरक रहेछ । हामी हिडने प्रचण्डपथ र तपाईंको दृस्टिगोचरमा सल्बलाएको प्रचण्डपथ फरक रहेछ । त्यो बुझ्न नसक्नु हामी र हामिजस्तै हजारौं युवायुवतीको भुल रहेछ । अझ भनौ तपाईंले सिकाउने मालेमावाद र प्रचण्डपथको मार्गमा हजारौं शाहीद घाइते अपांग बेपत्ता समेत भए । त्यो त अहिले तपाईंको बिराजमानको सिसमहलको गगन धुरिबाट बोलिने यो माक्र्सवाद होइन होला म यतिमात्र भन्ने चेस्टा गरेको छु । “ तपाईंले कोरेको चित्रलाइ तपाईंले किन च्यात्नु भयो ? यो कुचेष्ठा कसरी पलायो म मौन छु त्यसैलाई सम्झाउन खोजे ।

एउटा यस्तो अनौठो वृतान्त कथाको मलाई याद छ जतिबेला मैले एउटा सुन्दर गाउँ अहिलेपनी सायद सयौं सहिदहरुको बस्ती भनेर चिनिन्छ रिम्न,मैदे,पिपे जहाँ रातभर मानवबाँस बस्ने घरहरुमा आतंककारी मुसाहरुको चुवाचुवा स्वर सुनिन्थे । जगतिपुरको सुन्दर त्यो नागबेलिकोझैँ फन्का मारेर बसेको त्यो बस्तीमा एकैघरका दाजुबहिनी इन्द्रलाल आचार्य र ममता आचार्य लगायतलाई सरकारी ब्वासहरुले बुचरले पशुबली दिए ।

जसरी भेदन गरेका थिए खेत रोपिरहेका रोपार र दुलही ल्याएर फर्केका दुलहासहित साथका जन्तिहरुको एउटै चिहान बनाइएको थियो । हो त्यहीँ बस्ती जुर्कानिपाने तपाइकै पहलमा जुनि कम्युन निर्माण भएको । त्यस्को प्रचारप्रसार अन्तराष्ट्रियकरण भएको थियो । त्यसलाई बैज्ञानिक शिष्ट उन्नत मानव सभ्यताको परिचयको परिचय दियको साम्राज्यवादका कल्प दानबहरुलाई मन नपरेर त्यस्को विघटनको प्रपञ्च रच्न लागेको तपाईंले बुझ्न नसक्नु भएको हो । या बुझेरनी कुनै अपराधिक मानसिकताको उपजले योजनाबद्ध त्यस्ता उपलब्धि विघटन गराउनु भएको हो ? त्यो त माक्र्सवादी स्खलनताको उप्रान्त चोक्करहरुलाई अनुभुत होला ।

एक जमानामा तपाईंको टाउकाको मुल्य तोकेर बर्ग बैरिहरुले रातो आतंककारीको दस्तावेज तयारीमा सहिछाप गराउनेहरुले जुनिकम्युनको बन्दोबस्त गर्ने सामाग्री बोकेर जादै गरेका घोडा खच्चर र तिनका गुवालाहरुलाई समेतलाई गोलि हानेर मारेको इतिहास कसरी भुलेर उनीहरुको माक्र्सवादको कवाडी कचडा होलसेल पसलको भाटभटेनिमा माओवादी आन्दोलनको स्खलन चोक्कर मिसाउनु भयो ? र थाल्नु भयो समाजबादको ब्यापार ।

हो भनेर साइनबाेर्ड झुन्डिएको देखाइएको रे म यहि भन्छु ,कागले म कोइली हु भनेर को पत्याउने किनकी कागले कोइली जसै कराउन पनि त जान्नु पर्याे नि ।  झन्डै साडे दुइसय बर्ष पहिले माक्र्सवादको उदय हुनुभन्दा जर्मनीमा समाजबादी हौ भन्नेहरूको संख्या धेरै थियो रे आखिर वास्तविक समाजबादको परिकल्पना गरेर माक्र्स,एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र कोरेको इतिहासमा अध्यन गर्न पाइएको छ ।

सैतानको दुश्चक्रमा परेर कुनै वर्गसंघर्षलाई बैचारिक बिचलन्ताको उद्योग खडा गरेर बिक्री वितरण गरेकोमा मलाई कुनै दुश्मनी र पिडाको महसुस छैन । तर किनकी वर्गसंघर्ष ब्यापारीले कपट पुर्णतरिकाले बेच्ला तर रक्षायान र चिहानबाट ब्युझेर भएपनी युगले वर्गसंघर्षको बिगुल फुकेर दुनियाँ ब्युझाउने छ । किनकी वर्गसंघर्ष तपाईं छिरेको सिसमहलबाट सम्भब छैन । किनकि तपाईंको यात्राको बाटो मानव सभ्यताको उन्नतिशील दर्शनको मुवालो लगाएर उर्जाशिल बस्तीमा खडेरी परेको मरुभूमिका किच्कन्याले भय त्रासको बाताबरण युक्त बस्तीमा अवतरण हुदैछ ।

त्यो प्रती मेरो कुनै आपत्ती र बिमती पनि छैन । छ त केबल हजारौं महापुरुषहरुले जिबनको बलिदान गरेर निर्माण गरेको जुनि कम्युन र जलजलाको फेदीमा निर्मित अजम्बरी कम्युन रोल्पा महान आस्थाका धरोहर भत्काउदा ती सहिद घाइते अपांग बेपत्ताका छोराछोरी आमाबुवाले अँखा चिम्म गरेर मेरो छोराछोरी आजै अनाखमा मरेछ मेरो शरीरमा सयौँ बमका र्छराले छियाछिया जिन्दगी त्यतिबेला भयो ।

भीष्म प्रतिज्ञाको महाभारत जित्न बलिदान गरेर निर्माण गरेको जुनि कम्युनलाई प्रतिक्रियावादी साम्राज्यको रसातलमा पुर्यायौ । कुनैदिन लाग्छन् तपाईंले म क्रान्तिका लागि सम्पुर्ण सम्पत्तिलाई लिलाम गरेर जङ्गल जान्छु । त्यो कत्तिको सत्यता हो म देख्दैन किन ? किन ? ती तपाईंको बिश्वासिलो आस्थाका सुनौला धरोहरमा कथाका साम्राज्यले जितिसकेका छ्न । नेताहरुको पनी नेता हुनुमा तपाईंको जति गौरवको इतिहास थियो । ती सब प्रतिक्रियावादी साम्राज्यवादका बद्यशालामा हजारौं सहिदको बलिदानले सृजना गरेको ऐतिहासिकताको इतिहास हो ।