हाजिरै नभएका शिक्षकको नाममा ११ लाख झ्वाम् पारेपछि..

भ्रष्टाचारको यस्ताे नाङ्गाे रुप

कैलाली,कैलालीको बेहडाबाबा उच्च माध्यमिक विद्यालय उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझासहति तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओझासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुले विद्यालयमा गैरहाजिर रहेका शिक्षकको जानकारी सम्बन्धित निकायमा नगराई नक्कली हाजिर गरेर पैसा खाएको खुलेको छ । तीनैजनाले २०७० साल जेठ १४ गतेदेखि २०७३ बैशाख मसान्तसम्म गैरहाजिर रहेका शिक्षकको नाममा माग फारम भरी तलवभत्ता खाएको आरोपमा मुद्दा दायर भएको हो ।

उनीहरुले विद्यालयको सामान खरिद तथा तोकिएको शीर्षकमा रकम खर्च नगरी झुट्ठा बिल भर्पाई बनाई निकासा गरेर हिनामिना गरेको पनि अख्तियारको अनुसन्धानबाट खुलेको छ। उनीहरुले ११ लाख ४२ हजार २ सय ७२ रूपैंया ९७ पैसा हिनामिना गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो।