विप्लव नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज ‘ज्वाला’ पक्राउ

हेटौंडा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’लाई प्रहरीले पक्राउ गरेको छ।

 

उनलाई हेटौडा १५ फारलाइनबाट गयराति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए।

मोटरसाइकलमा ज्वालासँगै सवार रहेका वीरबहादुर मोक्तानलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए । प्रहरीले पक्राउ गरेको व्यक्तिका बारेमा अनुसन्धान भइरहेको कारण थप जानकारी दिन नमिल्ने बताएका छन्।