फेरिपनि कुरा बुझ्नु हुन्न भने- तपाईं बेहोस् मान्छे हो

 

जरुर शान्ती चाहिन्छ, ईतिहासमा शान्तिको पक्षधर एउटै इमान्दार पात्र हुन्छ ।

श्रम गरी खाने मान्छे ।

शान्ती कायम गर्ने सुनिश्चितताको माग त्यही मान्छे सँग गरिन्छ, त्यही श्रम गर्ने मान्छेले बारम्बार शान्तिको पक्षधर भएको प्रमाण दिनु पर्छ र त्याग गर्दछ ।

राज्यसँग शान्ती हुँदैन, बन्दुक हुन्छ । उत्पीडन सहेर मौन बस भन्नु राज्यशक्तिको काम हो । तर धेरैलाई उत्पीडन र थोरैलाई सम्रक्षण दिने गरी उपल्लो तहमा फिक्सिङु हुन्छ । काम गरी खाने मान्छे आगो हुन्छ । अब शान्ती होइन मुक्तीको लागि आवाज उठाउछन ।

राज्य कोष लुटियोस, श्रोत सम्पदा बेचियोस, बेरोजगारी र चरम दलाली होस्, कर छली र सुन तस्करी होस्, जहाज निलियोस वा जग्गा हडपियोस, बोल्न प्रतिबन्ध लागोस या जन प्रतिनिधिको नाममा ठेकेदार मौलाउन, राज्यले प्रमाण दिनु नपर्ने !  राज्यलाई सोध्न नहुने ! किनकी बन्दुक छ राज्यसँग, सोध्न पाइन्न ।

सोध्न अशान्ती हो रे । उसो भये सबै प्रश्नको उत्तर राज्यले बन्दुक देखाउने हो भने मुक्तिका प्रश्न कसरी सोध्ने ? कसरी सोध्न पाईन्छ ?

सबै प्रश्नको थोक उत्तर, बन्दुक देखाउने सत्ता अशान्तिको गुरु हो । गहिरिएर सोच्नुस् तपाईं देख्नु हुनेछ । सत्ताले रचनात्मकताको अनिकाल र असन्तुष्टिको आवाज उठने बित्तिकै पहिलो काम गर्छ । बन्दुक देखाउने ।

अनी जनताले के बुझ्ने ? कुन भाषामा निबेदन हाल्छन ?  कुन भजन गाएर आशु पिउछनरु मौन बस्दैनन ।

सत्ताले सिकाएको भाषा बाध्य भएर बोल्न शुरु गर्छन् । हिसाब सोझो सपाट छ । प्रतिबन्ध को सट्टा प्रतिबन्द, जे दियो त्यही फर्किन्छ ।

त्यस्तो आवाजलाई अराजकता भन्ने तुरुप त्यती बेला लगाइन्छ । जब राज गर्ने लाई असुबिधा पर्छ । यो दुनियाँको कुनै त्यस्तो कथा छैन जहाँ परिवर्तनकारी हरु अराजक नभनिएका होउन ।