सखा ! नसोध मलाई

कविता

यतिबेला
मुटु छिया छिया परेको छ
कहिले नपुरिने ठुलो घाउ लागेको छ
मानौँ
हृदयमा बेदना र आक्रोशका ज्वालामुखि
दन्किरहेछ तन जलिरहेछ
नयनबाट अमुल्य मोतीका दाना
खसिरहेछन ।
खसि रहेछन परेलिका डिलबाट

केहि छिटा ढिस्कानाहरू 
छाति चर्कियला झै गरि
सास फुलेर धड्कन बढिरहेछ,
कोपिला फक्रिन नपाउदै
कोपिला मै बज्रपात भएको छ,
सुन्दर सपना देख्न नपाउँदै
हुरिबतासले उडायर लगेको छ,
जीवनबाट प्यारो मान्छेलाई
सदाको लागि खोसेर लगेको छ,
यसको जवाफ छैन समयसंग
त्यसैले के भो भनी नसोध मलाई ।

हाँस्न खोज्छु अधरमा मुस्कान छैन
बोल्न खोज्छु मुखमा शब्द छैन ,
लेख्न खोज्छु हात कृयाशिल छैन
काम गर्न खोज्छु शरिर शक्रिय छैन ,
सुन्न खोज्छु कान छैन ,
हिड्न खोज्छु खुट्टा छैन ,
डियर जिन्दगी
परस्थीतिको एक बिशिस्ट मोडमा आउदा
जीवन भरि नपुरिने अदृश्य चोट लाग्दा
जिउदै लास सरि बनिरहेछु ,
हजारौं जनमुक्ति सेनाको बिचमा हिड्दा पनि
कता कता एक्लो महसुस गरिरहेछु
बिल्कुल मेरो प्यारो मान्छेको अभावमा
त्यसैले के भो भनी नसोध मलाई ।

खै कस्ता हुन्छन घायल आत्मका कथा र ब्यथाहरु
कस्ता हुन्छन बिस्मातका यी घडिहरु ।
सहयोद्धाबाट सदाका लागि बिछोडिनु पर्दाका
ति अप्ठेरा तिता पलहरु
दुख र पीडामा तड्पिएका क्षणहरु
आफ्नाबाट एक्लियर उजाड मरु भुमिमा
भौतारिनु पर्दाको अनुभूतिहरु ,
कस्ता हुन्छन् नानिमा अल्झीएका
भ्रुणहरु
जिवित प्रतिबिम्ब झै
फन्फन्ति चक्कर लगाई रहेछन दृश्यहरु
आजीवन भोग्नु पर्ने अनगिन्ती पिडाहरु
कस्ता हुन्छन् पानी बिनाका माछाहरु
तातो बालुवामा तड्पिरहेका
माछाका बेदना र चीत्कारहरु
यसको उत्तर खोजीरहेछु
बिल्कुलै उतर खोजीरहेछु
त्यसैले के भो भनी नसोध मलाई
के भो भनी नसोध मलाई ।

समाप्त