अरु त यस्तै हो मेरी आमालाई सम्झाई दिनु

मर्छु होला केही दिनमा मलामी आईदिनु
अरु त यस्तै हो मेरी आमालाई सम्झाईदिनु

यो देह मृत शरीर खरानी पार्नु अघी
मुटु भने उनको हो न जलाई दिनु ।

भगवान म बिन्ती गर्छु अर्को जुनी पाएँ भने
जुनी त मान्छे कै दिनु मन पत्थर बनाई दिनु ।

अन्तिमसम्म भएपनी आउनु तिमी जसो गरी
बरु घुम्टै सम्झीउला कात्रो ल्याई ओढाई दिनु ।