सत्ता र शक्तिको आडमा यसरी राप्ती नदी दोहन

सरोकारवाल निकाय आखिर किन मौन ?

बाँके,नेपालगञ्ज सत्ता र शक्तिको आडमा राप्ती सोनारीमा केहि ब्यक्तिहरुले अवैध रुपमा राप्ती नदी दोहन गरिरहेको पाइएको छ । प्रहरी, प्रसाशन, बन कर्मचारी सबैलाई आन्तरिक मिलान गरेर अवैध दोहन गरेर करोडौं आर्थिक लाभ लिइरहेकाे पाइएकाे हाे । यस बिषयमा गाउँपालिका पनि मौन छ । राप्ती सोनारी ३ नवलपुर, बैसा, गोबारपुर र गल्राबाज क्षेत्रवरिपरिको राप्ती नदीबाट दैनिक संयौ घनमिटर ढुगां उत्खनन भइरहेको छ ।

तर सराेकारवाला निकाय भने तैँ चुप र मै चुपकाे अबस्थामा रहेका छन । राज्यले नै त्यस क्षेत्र वरिपरि उत्खनन गरेमा पछाडीका बस्ती, खेतीयोग्य जमिनमा हानी नोक्सानी पुग्ने भन्दै अहिले सम्म टेण्डर गरेको छैन् । तर केहि व्यक्तिहरुले सत्ता र शक्तिको आडमा दैनिक करोडौको ढुंगा वेचिरहेका हुन् ।

स्थानीय भुवर भवानी सामुदायिक बन, क्षेत्र वरिपरि दैनिक रुपमा अवैध ढुंगा उत्खनन् गरेर बेचिरहेका हुन् । राज्यलाई राजस्व तिर्न त परै जाओस कुनै पनि कागजी प्रक्रिया पुरा नगरिकन उनीहरुले खुल्लेयाम राप्ती नदी दोहन गरिरहेका हुन् । स्थानीय अगुवा भनिएका बुद्धि थारु, सन्तोष थारु र दुर्गा बहादुर थारुले सक्ता र शक्तिको आडमा ढुंगा ट्पिरमा लगेर विभिन्न स्थानमा बेच्ने गरेको स्थानीयले गुनासो गरेका छन् । यी व्यक्तिहरु गाउँपालिकासंग निकै नजिक मानिन्छन् ।

स्थानीय वासिन्दा विश्वसागर पारियारले भने स्थानीयलाई घर बनाउनका लागि ढुंगा गिट्टी बालुवा ल्याउदा बन कर्मचारी र प्रहरीले नियन्त्रणमा लिन्छन् ठुलाबडाले खुल्लेयाम रातदीन नदी दोहन गर्दा पनि कसैलाई चासो छैन् । उनीहरुको कार्यशैली प्रति सामुदायिक बनका उपभोक्ता सबै रुष्ट रहेको स्थानीय परियारले उल्लेख गरे । यस बिषयमा सिक्टा सव डिभिजन बन कार्यालयका प्रमुख मनोज साह संग प्रतिकृया लिदा सबैतिर हेर्ने जिम्मा आफ्नो मात्रै नरहेको ठाडो जवाफ दिए ।

उनले यस बिषयमा आफुहरुको कुनै खालको आर्थिक, भौतिक, नैतिक आग्रह पुर्वाग्रह नरहेको दावी समेत गरेका छन् । पत्रकारसंगको कुराकानीमा कार्यालय प्रमुख साहले ठेकेदारहरुको बचाउ गर्दै कागज पत्र नभएपनि पछि प्रक्रियामा जाने कुरा भएको भन्ने अस्पष्ट कुरा गरे । जिल्ला बन कार्यालय बाँकेका प्रमुख मोहन राज श्रेष्ठले यस बिषयमा बुझेर अवैध दोहन भएको खण्डमा तत्काल अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउने जनाए ।