दुर्घटना न्युनिकरणका लागि प्रविधी प्रयोगमा जोडदिदै प्रहरी

पछिल्लो समय दुर्घटना कम भएको दावी

नेपालगञ्ज ,पछिल्लो समय प्रबिधिको उच्च प्रयोगसंगै दुर्घटनामा कम भएको प्रहरी प्रशासनले दावी गरेको छ । प्रबिधिको प्रयोगले ब्यवस्थापन पक्ष सहज हुनुको साथै दुर्घटना समेत कम भएको दावी गरिएको हो । सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रविधीमैत्री बातावरण बनाउनु पर्नेमा जोड दिइएको छ । यसाेत यातायात सम्वद्ध सरोकार पक्षसँगको समन्वय र सहकार्यसँगै सूचना, सञ्चार र प्रवीधीको उपयोग अपरिहार्य भएको सम्वद्ध अधिकारीले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक कार्यक्रम गरि सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापन गर्नका लागि जनसम्पर्क कार्यक्रममार्फत सम्पूर्ण व्यवसायीलाई सहयोगको अपील समेत गरेको छ ।प्रहरी प्रधान कार्यालय ट्राफिक प्रहरी निर्देशनालयका प्रहरी नायव महानिरीक्षक पूर्ण चन्द्र जोशीले ट्राफिक प्रहरीले जीपीएस प्रणालीबाट सवारी साधनमाथि निगरानी गर्ने प्रक्रिया शुरु गरिसकेको बताए । तिव्र गतीकै कारण अधिकांस दुर्घटना हुन थालेपछि जीपीएसकै सहायताले न्यूनिकरण गर्न सकिने उनको विश्वास छ । सवारी साधनको गती नियन्त्रणसँगै अव्यवस्थित बस स्टपलाई व्यवस्थित बनाउन पनि जीपीएस अनीवार्य भएको उहाँको भनाई थियो । 

५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले रिफ्लेक्ट जडान गरी दुर्घटना न्युनकिरण गर्ने प्रयास भएको जानकारी दिए । पुर्व पश्चिम राजमार्गको ३४ स्थानमा रिफ्लेक्ट जडान गर्ने तयार गरिएको बताउँदै उहाँले यसलाई देशव्यापी गरिने बताए ।

सुरक्षा अधिकारी, विभिन्न यातायात समितिका पदाधिकारी, चालक लगायतको सहभागिता रहेको कार्यक्रममा प्रदेश न ५का ट्रफिक प्रहरी उपरिक्षक गणेश चन्दले दुर्घटनाको अवस्था, ट्राफिक प्रहरीको प्रयास र कार्यक्रमबारे प्रस्तुती प्रस्तुत गरेका थिए ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज तथा प्रहरी निरिक्षक हिरेन्द्र रोकायले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनमाथि अनीवार्य कारवाहीसँगै सचेतता पनि फैलाइएको बताए । सहभागीहरुले ट्राफिकसँग सम्वन्धित विभिन्न जिज्ञाशा राख्दै जवाफ मागेका थिए ।