एक दिवसीय क्रिकेट वरियतामा नेपाल

टी–२० सिरिज जित्नु अबको लक्ष्य

नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल परेको छ । वरियता क्रममा १५ रेटिङसहित १५२ अंकका साथ नेपाल वरियताको पुछारमा छ ।

वरियताको पहिलो स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा दक्षिण अफ्रिका, पाँचौंमा पाकिस्तान र छैठौंमा अस्ट्रेलिया रहेका छन् ।

यसैबीच, नेपाली क्रिकेट टोलीले टी– २० सिरिज जित्ने लक्ष्य लिएको छ । खेल माघ १७, १८ र २० गते हुनेछन् । यसअघि हिजो भएको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ४ विकेटले विजयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले १ सय ९ बलमा १ सय १५ रन बनाए । यो कुनै पनि नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको पहिलो शतक हो ।