डाक्टर नवराज केसीको बयान ,सपना कलाकार बन्ने थियो तर बनियो डाक्टर

कैयौ पटक बिरामीको उपचार गर्दा धरधरि रोएको छु

डा.नवराज केसी जब बिचमा बाबाले आफ्नो जीवनमा खेलेको भुमिका बारे के कुरा राख्न खोज्दै थिए । उनि लामो सास लिएर एक छिन रोकिन पुगे र बाहिर तिर हेरेर हातमा लिएको कफि फेरी पिउदै आँखाको वरिपरी आसुका रेखाहरु निकाल्दै भाबुक बन्न पुगे अहिले डाक्टर बनेर दुनियाको उपचार गरिरहेका डा.के.सी.आफनै मनको उपचारमा भने भ्यु पाएनन्र । गलाभरी आँसु पारेर आफना जिवनका बहुमुल्य कहानी बेलिबिस्तार लगाउन थाले । भन्न थाले समयको चक्र उहि कहाँ रहन सक्छ र आखिर बाबाले देखाएको सपना र बाबाले म माथि गर्नु भएको कल्पना पुरा भएपनि जुन खुसिको सिढीमा तातेताते गर्दै उक्लाउनु भयो तर आफुले देख्न पाउन भएन । उनि भावुक हुनुको कारण यहि थियो आफनो बाबालाई आफनो सफलताको बयान बुझाउन नसक्नु । उनि भन्छन मेरो पढाईको समय पछि पुरा गर्ने अबसर त पाए तर त्यो प्रगतीको पुरा रुप आमालाई देखाउन सके पनि कर्मकाे छल बाबालाई भने देखाउन भने पाईन ।

 खुसि नै रहे जीवनमा बाबाले देखाएको बाटो र मेरो जिम्मेवारीले आजसम्म आफ्नो काम प्रति सन्तुष्टी नै  छु देखिनु र हुनु फरक कुरा हाे  ।  बाबाले पटक पटक भनेको सामाजीक दायित्व पुरा गर्ने जिम्मेवारी लिनको लागी जहिले पनि अगाडी नै रहे । किन की त्यो सपना भनेको नै बाबाको थियो त्यो जिम्मेवारी पुरा गर्ने अबसर पाए म त्यो भाग्यमानी छोरा हु जो बाबाको सपना पुरा गर्नको लागी निरन्तर कर्ममा खटिरहेको छु ।  आफु सम्झीने भए देखि आजसम्म मैले जीवनमा खासै अभाबको अनुभुती गर्न पाएको छैन ।

उनि भन्छन किनकी बाबाले ४० बर्षसम्म शिक्षण पेशामा आफ्नो समय बिताउनु भएको थियो । शिक्षाको महत्व राम्रोसँग बुझेर होला मलाई बाबाले विद्यार्थी जीवनमा कहिले पनि यो गर्नु पर्छ र त्यो गर्नु पर्छ भनेर दबाब पनि दिनु भएन । म आफै पनि सानो उमेर देखि मेहेनती नै थिए । लाग्थ्यो कुनै न कुनै काममा लागीसकेपछि सबैभन्दा ठुलो इमानदारीता हुन्छ त्यो भएर मैले मेरो जीवनमा ईमानदारीतालाई कहिल्यै पनि छोडिन । हामी दुईभाई मध्यको म कान्छोमा पर्छु तर जिम्मेवारीमा म कहिले नि कान्छोको भुमिकामा रहिन डाक्टर नवराज के.सी का जीवन भाेगाइका कथनहरु हुन् यी ।

झट्ट हेर्दा डाक्टर नवराज के.सी. जती सरल स्वभाबका देखिन्छन् उनि भित्र पसेपछि पनि त्यति नै सजिला लाग्छन् । प्राय मान्छेहरुले डाक्टरहरुलाई बुझ्ने दृष्टीकोण रुखो स्वभाबको होला भनेर फरक तरीकाले बुझ्दछन् । तर डाक्टर के.सी .त्यस्तो देखिदैनन् मानौ कि डाक्टर के.सीको आफ्नो जीवन शैली र बिरासतबारे कुरा गर्दै जाने हो भने उनले आफ्नो बिरासतलाई सरल र सहज तरीकाले एकै लयमा प्रष्टसँग भन्ने गर्दछन् । र डाक्टर के.सी. नढाटी नछली कसैको मन नदुखाई आफुलाई अलग धारमा स्थापित गर्न चाहान्छन् र भन्छन् म यो सामाजको लागी केहि पनि होईन र मेरो लागी यो समाज सबैथोक हो डाक्टर के.सी भन्छन् । 

आफु बारे यसो भन्छन् डाक्टर के.सी

म यस्तो भाग्यमानी छोरा हुँ मेरो बाबाले मलाई पढाउनको लागी कहिले पनि मलाई अभाबको खडेरीमा बाच्न दिनु भएन र आमाको पनि जीवनमा त्यत्तीकैै सहयोग रहेको छ । यसोत मेरो जीवनमा पढाईको विचमा कहिले पनि आफुले आर्थिक अभाबको भारी बोक्नु परेन । बाबाले जीवनको करिव ४ दशक शिक्षण पेशामा आफ्नो महत्वपुर्ण समय बिताउनु भएको थियो आमाले पनि हामी दुई भाईलाई पढ्नमा त्यत्तीकै सहयोग गर्नु भएको थियो । उनि भन्छन आमा अलि भाबनात्मक स्वभाबको हुनुहुन्छ । र बाबा पनि त्यत्तीकै सामाजीक स्वाभाबको हुनुहुन्थ्यो मलाई सम्झना छ बाबा जिबित हु्ने बेलासम्म हाम्रो घरमा पैसा नतिरी पढ्ने बिद्यार्थीहरुको दैनिक ४ देखि ५ जनासम्म कहिले पनि खाली हुदैन थिए बाबाको स्वभाब भनेकै जो ले पढ्नमा अलि मेहेनेत गर्छ उसलाई जहिले पनि आफु नजिक राख्ने गर्नु हुन्थ्यो । मेरो जीवनको मार्ग दर्शक नै मेरो बाबाले दिएको प्रेरणा र आमाको जीवन भरीको अपार माया नै हो ।

डाक्टर के.सी. धेरै भबानात्मक स्वभाबका छन् । एक हातको कफि नसकिदै बसाईको समयले पनि आफ्नो गतीलाई अध्यारो तर्फ धेकेल्दै थियो हामी भने त्यो अध्यारोको घुम्टोलाई हामी आफ्नै सैलीमा उघार्नको लागी केसीकाे निजी बाल पोली किलिनिकको माथिल्लो तलामा गफमा ब्यस्त थियौ । तर समयले त्यो बसाईलाई पनि पुर्ण आकारको रुप दिन सकिरहेको थिएन । किन की केहि सामाजीक कामले अरुहरुका लागी डा. के. सीले समय दिनु पर्ने भएकोले पनि होला डाक्टर के.सी. लाई व्यस्तताको चापले च्यापिरहेको थियो । मैले डाक्टर केसीको बालापनको बारेमा बुझ्ने कोसिसले अलि प्रसंगलाई बदल्न खोजे र  सोधे π तपाईलाई जीबनमा सफलता प्राप्त गर्नको लागी सबै भन्दा ठुलो सुत्र के हो जस्तो लाग्छ ? यो प्रश्नलाई मैले पुरा आकार दिएर डाक्टर नवराज के.सी. को छेउमा के पु¥याउन खोज्दै थिए । डाक्टर नवराज के.सीले आफ्नो जीवनमा सानो छदा बाबाले भनेको काहानीलाई शिक्षामुलक तरीकाले भन्न सुरु गरे । “ आफु बसेको घरमा तिमी सुतिरहेको छौ भने एकदम जोडले रातीको समयमा हुरी आयो भने तिमी के गर्छौ ” भन्ने बाबाको प्रश्नको उत्तरमा आफुले इमानदार पुर्बक एक कुनै बलियो ठाँउमा समायर एकदम ढुक्कले हुरी नरोकिन्जेल सम्म म अडिरहन्छु । यो भन्दा बाबाले आफुलाई स्याब्बासी दिएको डा. नवराज के.सीलाई अहिले जस्तो लाग्छ ।

त्यो बेला देखि आफु बाबाको झन बिश्वासीलो पात्रको रुपमा बाबाको अगाडी स्थापित भएको कुरा डा. नवराज के.सी. आधा हासो र आधा आसुको समिषणमा आफ्नो जीवनको बिरासतलाई सरल तरीकाले सम्झीनछन् र भन्छन् मेरो बाबालाई सबै भन्दा पन पर्ने भनेको मानबिय स्वभाव भनेको नै ईमानदारीता हो । त्यसैले मैले मेरो जीवनमा ईमानदारीतालाई मेरो बाबाको छापले पनि होला कहिले पनि छोडिन ।

डा.के सीले एक पटक फेरी लामो सास लिएर रोकिन्न्छन् र भन्छन् । हेर्नुहोस् आखिर जीवन सोचेको जस्तो हुने भए आज म यो ठाँउमा हुदैन थिए  म कलाकार हुन्थे कलाकार बन्ने धाेकाे थियाे सानैमा । किन की केहि आफ्नो सामाजीक दायित्वको कारणले पनि आज यो ठाँउमा बसेर जति काम गरेर मैले आफ्नो सन्तुष्टी प्राप्त गरेको छु । त्यो सन्तुष्टी यदी बाहिर भएको भए म गर्न सक्दैन थिए किन की मेरो जीवनमा मैले पैशालाई कहिले पनि ठुलो सम्झीन र पैसा ठुुलो हो भन्ने दिन लाई मेरो जीवनको अगाडी कहिले पनी उभ्याउन खोजीन त्यसैले आज म आफुले बाचेको जीवन प्रती सन्तुष्ट भएर बाच्न पाएको छु । डा.केसी ले आफुनो विरासत बारे यसरी व्याख्या गरे र अर्को प्रसंगमा भन्न थाले हामी बाच्ने भनको नै जीवनको ६ दशक सम्म हो हामीले जीवनको ३ दशक त काम नगरेर विताईरहेको हुन्छौ भने पछि हामीले काम गर्ने भनेको नै ३ दशक मात्रै हो त्यसैले अहिले नै हामीले सामाजीक सेवामा काम गर्न सकेनौ भने हामीले कहिले. गर्ने र कुन दिन गर्ने यो समयको महत्व मान्छेले बुझेको हुदैन त्यसैले मैले यो सामाजीक काम यो उमेर बाट सुरु गरको हु ।

डाक्टर बनिसके पछि २ महिना भए पनि सुर्खेतमा सेवा गर्न बाबाको सुझाव

डाक्टर नवराज के.सी. आफ्नो विराशत बारे आफै प्रस्तुती दिन खोज्दा बेला बेलामा नजानीदो शैलीबाट भक्कानिन खोज्थे आफ्नो जीवन देखि सन्तुष्टी भएका डाक्टर नवराज के.सी. कर्णालीका अनेकौ मान्छेहरुको जीवन देखि त्यो पिडा सहन नसकेर आफु भक्कानिन खोज्थे । आफु पढिसके पछि विदेशमा पनि राम्रो अबसर पाएका डा. के.सी. आफ्नो ठाँउमा नै केहि गर्नु पर्छ भन्ने सोचले नेपाल आएको बताउ छन् । बाबाले जीवनमा पैसा भन्दा पनि सामाजिक सेवामा आफुलाई केन्द्रित हुन सुझाब दिएको सम्झना गर्दै डा. के.सि आज पनि ती दिनहरुलाई बाबाको सपना परिपुर्तीको रुपमा ती दिनहरुलाई लिने गरेको बताउछन । उनि आफ्नो बाबाको बारेमा कुरा गर्न खाज्दा बेला बेलामा बाबा असिम प्यारलाई सम्झीएर आफ्नो अनुहारमा देखिएको भाबनाको बाडिलाई किनार लगाउन त खोज्थे । तर मानविय सम्मेदना जति लुकाउन खोजे पनि प्रष्टसग प्रस्तुती शैलीबाट देखिरहन्थ्यो  ।

शुरुमा त आमाले पैसा कमाउन तिर लाग भन्नु हुन्थ्यो

आफ्नो सन्तानले टन्न पैसा कमाएर सुख सयल जिन्दगीमा आफ्नो जिन्दगी बिताउन पाए भन्ने कुन आमाको सपना हुदैन र आखिर डाक्टर नबराज केसी को जीवनमा पनि यो कुरा सुरुका दिनमा आई लाग्यो ।  त्यो दिनलाईं सम्झीदै भाबुक भएर यो कुरा सुनाउन सुरु गर्छन । उनि भन्छन् मलाई आमाले सुरुका दिनहरुमा छोराले पैसा कमाउन तिर लाग्न पाए हुन्थ्यो भन्ने जिकिर गर्ने गरेको कुरा कहिल्यै बिर्सिन सक्दिन  । सुरूमा अमाकाे याे बचनलाइ सिराेधार्य गरेका  उनले पहिलाे कमाएको दुई लाख रुपैया आमाको हातमा दिदा आमा भाबुक बनेर खुसिका आसु खसालेकाे झलझल्ति सम्झिन्छन ।उहि प्रशंगमा डा.के.सी एक छिन रोकिन्छन् र भन्छन् आखिर मैले पैसालाई मात्रै प्रथामिकतामा दिएको भए आज मेरो आमा यो दिनमा जति सन्तुष्ट हुनुहुन्छ सायद म कल्पना गर्दै छु त्यो दिनमा मेरो आमा सन्तुष्ट हुनु हुदैन थियो हाेला । त्यसैको उपज हो आजभोली आमाले मलाई समाजिक काममा असाध्यै महत्व दिई राख्नु पर्छ भन्नु हुन्छ र रातीको समयमा यदि कसैको फोन आयो भने आमाले बिरामीको फोन होला छिटो उठा भनेर आामाले मलाई सल्लाहा दिनु हुन्छ । डा. केसी भन्छन अहिले भने मेरो आमाको सपना पनि मेरो बाबाको सपना जस्तै छन् आफ्नो निम्ती भन्दा आफ्नाहरुको निम्ती केहि गर्नुपर्छ भनेर मलाई आमाले बेला बेलामा सुझाब दिईराखेको हुनाले आज म यो ठाँउसम्म पुगेको छु ।

जब आमाले सुन बेचेर आनो सपना पुरा गर्ने अठोट गर्नु भयो े

त्यो बेलाको समयमा सबै तिर बजारमा घर घडेरी किन्ने अलि अलि चलन सुरु भैसकेको थियो तर त्यो समयमा त्यता पट्टि बाबालाई त्यसरी घर घडेरी जम्मा गर्नुपर्छ भन्ने तिर ध्यान गएको थिएन । आमाले त्यो समयमा आफुलाई दिएको सुनलाई बेचेर बजारमा एउटा घडेरी किन्नु भयो । त्यहि घडेरीमा अहिले आफुले साघँरो तरीकाले पोलि बाल किलिनिङ संञ्चालन गरेको डा.के.सीले बताए । आमाको प्रसंगमा डा. के.सी निकै नै भाबुक बनेर भन्दै थिए यदि यो समयमा आमाले अहिले सहयोग नगरेको भए आज म यो ठाँउमा पुग्ने थिएन । त्यसैले अब अहिले जुन ठाँउमा मैले आफुले संञ्चालनमा आएको बाल पाली किलीनिक छ यो ठाँउमा मैले आमा को सम्झनामा सुन कलरको एउटा भबन निर्माण गर्ने सोच बनाएको बताए । यो सपनाले आफुलाई निदाउन नदिएको डा. के.सीले बताए ।

कैयौ पटक बिरामीको उपचार गर्दा रोएको छु

आफुले उपचार गर्ने कक्षबाट जुरुक्क उठेर आखामा आएको आँशु पुछ्दै मलाई माथिल्लो कोठामा जान अनुरोध गरेर माथिल्लो कोठामा गएर भाबुक बनेर यो कर्णाली क्षेत्रका बालबालीका जीवन बारे कुरा राखे र भने मैले यो पेसा अगाली सके पछि मात्रै मैले धेरै बालबालीकाको उपचारमा सहयोग पु¥याएको छु । यो समयमा कसैलाई सहयोग गरेको मा धेरै सँग खुसि साटेको अनुभुती पनि छ तर धेरै ले ज्यान गुमाएको छन् त्यो सुन्दा म आफै एकान्त मा बसेर धेरै पटक रोएको छु यो पेसा नै यस्तै रहेछ रोएर पनि छोड्न नमिल्ने के गर्नु उफ….. लामो सास लिएर एक छिन डा. के.सी रोकिएर भने यो बिषयमा धेरै कुरा नगरौ …….. डा. के.सी. जब बिरामीको बारेमा कुरा गर्न सुरु गरे त्यो समयमा निकै नै भाबुक बनेर प्रस्तुत भए मैले कुरा गर्दै गर्दा डा. के.सीले अलि अगाडि एउटा बच्चालाई जोखिम लिएर आफुले उपचार प्रक्रिया अगाडी बढाएको कुरा सुनाउदै त्यो बच्चा सन्चो भएर आएको देख्दा डा.के.सीले बिरामीको बुबालाई र विरामी नानीलाई च्याप्प अंगालोमा कसेर आफै एक छिन भक्कानिए र भने मलाई कहिले पनि यो डाक्टर बिषय पढेर धेरै पछुतो लाग्छ । कम्तीमा यो बिषय नपढेको भए म यिनी कर्णालीका नानी बाबुको जीवनसँग नजिक हुने थिएन र मलार्इं यो चोट हुने थिएन । त्यसैले कहिलेकाही म आफैले आफुलाई समाल्न सक्ने अबस्थामा हुदैन यो पेसा नै यस्तै रहेछ भन्दै डा. के.सी. एक छिन घोत्लीएर सोच्न थाले ।

सरकारी तलब सबै विईङ्स फाउण्डेशनमा

डा. के.सीले कर्णालीका बालबालीकाको निम्ती भनेर केहि साथिहरु मिलेर विईङ्स फाउण्डेशन खालेका छन । उनले् आफ्नो आउने तलब जति सबै आफुले त्यो फाउण्डेशनलाई दिने गरेको बताए । त्यो फाउण्डेशन मार्फत कर्णालीका धेरै बिकट जिल्लामा आफुले क्याम्प संञ्चालन गर्ने गरेको बताए र भने मैले यो सरकारी तलब आफ्नो प्रयोजनको निम्ती एक रुपियाँ पनि म खर्च गर्दिन । डा. के.सीले गरेका धेरै कामहरु बाहिर आएका छैनन् उनले नै हो किलीन एण्ड ग्रिन सुर्खेतको अभियान थालेको यस्ता समाजीक कामले डा. के.सीलाई हिजो आज साना साना बिद्यार्थी देखि सबै सामाजीक क्षेत्रका मानिसले उनलनई सहयोग गरिरहेका छन् । डा.के.सी. भन्छन् मैले अभियान थाल्ने हो यो अरुहरुको लागी प्रेरणा बनोस् बस् मलाई चाहिएको नै यति हो ।