नेपालको सिमा नजिक पुगेर भारतिय गृहमन्त्रीले भने खुला सिमाका कारण नेपालबाट आतंककारी छिरे

काश्मिरमा मात्रै दैनिक ६ आतंककारी मारिने गरेको दावी

बाँके,नेपालगञ्ज  भारतिय गृहमन्त्री राजनाथ सिंहले नेपालको सिमाक्षेत्रबाट भारतमा आतंकबादी प्रबेश गर्ने गरेको बताएका छन । सोमबार नेपालगञ्ज र रुपैडिहा भन्सार एकिकृत जाँच चौकी शिल्यानास कार्यक्रममा गृहमन्त्री सिंहले नेपालको खुला सिमाका कारण आतंकबादी प्रबेश गर्ने गरेको बताएका हुन ।

गृहमन्त्री सिंहले पाकिस्तानतिर लक्षित गर्दै भने नेपालको खुला सिमाको प्रयोग पाकिस्तानले गर्ने गरेको भन्दै यसलाई ब्यवस्थीत गर्न सिमामा ब्यवस्थीत चोकी निमार्ण गर्न लागेको बताए । कार्यक्रममा बोल्दै गृहमन्त्री सिंहले भारत सुरक्षाकर्मिले काश्मिरमा हरेक दिन ६ जना आतंकबादीको सफाय गर्ने गरेको जानकारी दिए ।

भारतका लागि दक्षिण एशियामा पाकिस्तान बाधक भएको भन्दै पाकिस्तानका कुनैपनि गतिबिधि निगरानीमा रहेको जिकिर गरे । मन्तब्यकाे लामाे समय पाकिस्तानकाे गाली गलाैजामा खर्च गरेका उनले भारत संसारको शिर्ष ६ मुलुकमा रहेकाे दावी गरे ।

गृहमन्त्री सिंहले भारत सरकार भारतको पुर्ण गरिबी अन्त्य गर्न उद्धत रहेको भन्दै गरिब परिबारलाई बार्षिक ५ लाख बराबरको उपचार र राहतको ब्यवस्था गरेको जानकारी दिए । करिब २ सय करोडको लगानिमा बन्ने चौकी आधुनिक सुबिधा सहितको हुने दावी समेत गरिएको छ । कार्यक्रममा नेपाली सिमाक्षेत्रमा कार्यरत सरकारी अधिकारीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।