नेपालगन्ज भन्सार कार्यालयको कर्तुत,बिना सुचना गुपचुपमै बोलिन्छ लिलाम

सहजै भनिन्छ गल्ती भयो

बाँके,नेपालगन्ज भन्सार कार्यालयले बिना सुचना कब्जा गरिएको सामाग्री लिलाम गर्ने गरेको तथ्य बाहिरिएको छ । कर्मचारी र सुरक्षाकर्मीको मिलोमतोमा यस्तो कार्य गर्ने गरेको तथ्य बाहिरिएको हो ।

सर्वसाधारणका कब्जा गरिएका रागाँ

शनिबार पशुहाट बजार जानकी गाँउपालिका रमुवापुर लैजादै गरेका स्थानीयका ३८वटा राँगा बिनाकारण कब्जामा लिएर शनिबार नै साढे तीन लाख १२ हजारमा लिलाम गर्न लागेको कुरा बाहिरिय पछि एकाएक यस्तो रहस्य बाहिरिएको हो ।

यस्तो छ हाट बजारका लागि गरिएको सिफारिस

गाउपालिकाबाट सिफारिस ल्याएर पशु हाट बजारमा लिद‌ै गरेका राँगा सिमा सुरक्षाबल सशस्त्र र भन्सार कार्यालयले बिनाकारण कब्जा गरेको राँगा मालिक मनिराम गदि र राजेश गदिले बताएका छन ।

यस्तो छ सिफारिस

उनिहरूले सिफारिस ल्यायर हाटबजार लिदै गर्दा भन्सार कार्यालय र सुरक्षाकर्मीले अनावश्यक दुख दिएको बताएका छन ।  

यस्तो भन्छन् कार्यालय प्रमुख 

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्ति निरौलाले चेकजाँचको क्रममा केही कमजोरी भएको स्विकार गरेका छन ।  उनले सशस्त्र र भन्सार कार्यालय बिच समन्वयको कमि भएको समेत बताएका छन । निरौलाले बिना सुचना किन लिलाम गरियो भन्ने पत्रकारहरूको प्रश्नमा भने अौपचारिकता मात्र  निभाएकन छन ।