डोल्पा जिल्ला अस्पतालको ब्यवस्थापन समितिको अध्यक्षमा रोकाया नियुक्त

हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पताल ब्यवस्थापन समितिकोे अध्यक्षमा युवा नेता तेजेन्द्र बहादुर रोकाया नियुक्त भएका छन । कर्णाली प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डोल्पा जिल्ला अस्पतालको ब्यवस्थापन समितिको अध्यक्षमा तेजेन्द्र बहादुर रोकायालाई नियुक्त गरेको हो ।

बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव वमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

रोकाया डोल्पाको युवासंघ नेपालको जिल्ला सचिब थिए ।  जिल्लाको बिकासको लागि तेजेन्द्र रोकाया योग्य र सक्षम युवा भएको भन्दै युवाहरुको तर्फबाट प्रदेश सरकारको निर्णय स्वागत योग्य रहेको डोल्पाका अर्का युवा नेता तिलक डाँगीले जानकारी दिए । बैठकले कर्णाली प्रदेशकाे सबै जिल्लामा ब्यवस्थापन समितिकाे अध्यक्ष नियुक्त गरेकाे छ । त्यस्तै बैठकले विभिन्न अन्य ५ निर्णय समेत गरेको छ ।

याे हाे अस्पतालमा नियुक्ति पाउनेको नामावली