एन प्याब्सनले साता व्यापि वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने

 काठमाडौँ – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची , जागरुकता बढाउन , सीप विकासमा जोड दिन तथा ज्ञान र क्षमताको अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्य सहित खेलकुद सप्ताह आयोजना गर्न लागिएको हो । प्रतियोगिताको उद्घाटन आगामी पौष २ गते बिहान ११ बजे काठमाडौको टुडिखेलमा एक भव्य समारोहका बीच हुने आयोजकले जनाएको छ।

बिहिबार बिजुलीबजार स्थिति संवाद चौतारीमा पत्रकार सम्म्मेलनको आयोजाना गरि यहि पौष १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा फुटसल , बास्केटबल , टेवल टेनिस र क्रिक्रेट विधामा विभिन्न १०० विद्यालयका २००० भन्दा बढि खेलाडी विद्यार्थीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हरेक विद्यामा प्रथम , दितृय र तृतीय स्थान हासिल गर्ने टिमका खेलाडी विद्यार्थीहरुलाई ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजले जानकारी दिएको छ ।