बंगलादेशलाई २-० ले हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशविरुद्ध २–० को सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरे ।

खेलमा बिमल घर्ती मगरको गोलको मद्यतमा नेपालले सुरुवाती अग्रता लियो । पहिलो हाफको ३३ औं मिनेटमा बिमलले गोल गरेका हुन् । यस्तै खेलको ९० औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल थपे । यसअघि पहिलो खेलमा पाकिस्तानसंग पराजित नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।