रारा बिकास र पर्यटन पर्बद्धनका लागि बृहत रारा महत्सव हुने

मुगु,राराको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ५ दिने बृहत रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कणार्लीको पर्यटन बिकासका लागि बृहत रारा पर्यटन महत्सव हुने रारा पर्यटन बिकास समितिका अध्यक्ष तथा रारा बचाउ अभियानका अभियान्ता देबीकृष्ण रोकायले बताएका छन । रोकायाका अनुसार राराको संरक्षण र रारा बिकासका आधारहरु तय गर्न बृहत रारा महत्सव गर्न लागेको बताइएको छ । पर्यटन ,धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको रारा क्षेत्रको प्रवद्र्धनका लागि बैशाख अन्तिम साता महोत्सव गर्न लागेको बताइएको हो ।

रोकायाले कर्णाली आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको बताए । यस क्षेत्रको प्रचारप्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै राराको चौतर्फी विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । ‘कर्णाली आफैमा सांस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युतको पकेट क्षेत्र हो,’ उनले भने,‘यस क्षेत्रको समृद्धिका लागि रारा महत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’

‘अहिले रारा पुग्न बाटोका कारण समस्या छ, तर वैकल्पिक मार्ग तयारी गरिरहेका छौं । अबको केहि वर्ष्भित्र वैकल्पिक मार्ग सम्पन्न गर्नेछौं,’ उनले भने । उनका अनुसार रारालाई अन्तर्रा्ष्ट्रिय तहमा प्रचारका लागि केबलकार जडान होमस्टे मुर्मा टप भ्यु टावरको बृहत योजना अगाडि बडीसेको जानकारी दिए ।

महोत्सवमा राराको सुन्दर दृश्यअवलोकन, घोडा,डुंगा र साइकल सयर कर्णालीको बृत्तचित्र प्रर्दशन, स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स रारा म्याराथन, विविध सांस्कृतिक झाँकी, खेलकुद कार्यक्रम, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम र स्थानीय मौलिक खाना समेत आकर्षणको रुपमा रहेको जनाइएको छ ।