यसरी गर्नुहाेस आँखाको हेरचाह

  मानिसको शरीरका सबै अङ्ग अति नै महत्वपूर्ण हुने गर्दछन् । त्यसमध्ये आँखा महत्वपूर्णको साथै अति संवेदनशील अङ्ग पनि हो । तसर्थ आँखालाई सदैव हेरचाह गर्नुपर्दछ ।

आँखाको जाँच

आँखालाई सफा चिसो पानीले धुनुपर्दछ, सुत्नुभन्दा अगाडि आँखालाई सफा राख्नुहोस् ताकि दिनभरि आँखामा परेको फोहोरहरु नरहुन् ।
 आँखालाई पुछ्नका लागि नरम र सफा कपडाको प्रयोग गर्नुहोस्
पहेलो रङको सब्जीको प्रयोग गर्नुहोस् जसले गर्दा रक्तन्धोजस्तो रोगको सिकार हुनुपर्दैन ।

आँखालाई कसरी बचाउने

खाना बनाउँदा आगोको धेरै नजिक नबस्ने
रसायनिक चीजको प्रयोगपछि राम्रोसँग हात धुने
बालबच्चालाई खेल्नको लागि झाडीतिर नपठाउने
धूलो र चर्को घाममा सदैव चस्माको प्रयोग गर्ने
आँखालाई सफा पानीले बारम्बार धुने

यदि तपाईबाट आँखा सफा हुन सकेन भने सम्बन्धित चिकित्सकलाई भेटेर तुरुन्त उपचार गराइहाल्नुपर्छ । हरकोहीलाई आफ्नो आँखाको बारेमा अवश्य चिन्ता हुनेगर्दछ ।