नेपाली मुस्लिम समाज कतारको नयाँ अध्यक्षमा ई. ऐयुब

काठमाडौँ ,नेपाली मुस्लिम समाज कतारको अध्यक्षमा ई. ऐयुब निर्वाचित भएकाछन् । नेपाली मुस्लिम समाज कतारको आज दोहामा भएको तेस्रो महाधिवेशनले ऐयुबलाई अध्यक्षमा निर्वाचित गर्दे २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनको उद्घाटन गर्दे राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति समिम मियाँ अन्सारीले नेपालमा मुस्लिम आन्दोलनको बलबाट केहि अधिकार प्राप्त भएको र केहि प्राप्त हुने क्रमका रहेको बताए । गठबन्धनले बार्ताबाटै समस्या सामधान गर्न चाहेको तर, सरकार उदासीन भएको उन्को आरोप थियो ।

अहिले पनि गठबन्धनको आन्दोलन जारी रहेको भन्दै उन्ले पहिचानलगायतका उपलब्धी वार्ताबाट भए पनि संवैधानिक केहि अधिकार प्राप्तीको लागि संघर्ष आवश्यक रहेको बताए । उन्ले मुस्लिकहरुको एकता अहिलेको आवश्यकता भएको भन्दै अधिकारको लाडाईमा एक हुन आग्रह गरे । माओवादी केन्द्रका सांसद तथा गठबन्धनका महासचिव जाकिर हुसैनले गठबन्धनले मुस्लिम समूदायकाबीच राजनीतिक शक्ति निमार्ण गरेको दावी गरे । उन्ले काठमाडौंमा हज हाउँस र साँस्कृतिक केन्द्र आवश्यक रहेको भन्दै निमार्णम जुट्न प्रावासी नेपाली मुसलमानहरुसंग आग्रह गरे ।

मस्जिद र मद्रसा निमार्ण गर्न सक्ने समुदायले हज हाउँस र साँस्कृतिक केन्द्र निमार्ण गर्न सक्ने भन्दै सरकारको भर नर्पन पनि आग्रह गरे । समाजका निर्वतमान अध्यक्ष अब्दुल हफिजले मुस्लिमहरुको हक, अधिकारको लागि सबैलाई राजनीतिबाट माथि उठ्न आग्रह गरे । सोहि अवसरमा समाजसेवी रमजान अलीद्धारा नेपाली भाषामा अनुवादीत कतारको श्रम ऐनको लोकार्पणसेमत गरीएको थियो ।