समाचार Archive

पशुपतिघाट सेवाका कामदारको शुल्क समायोजन
काठमाडौँ, पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थितघाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका

डोजरले महिलालाई आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दा
काठमाडौं,बैतडीको दशरथचन्द नगरपालिका–९ मा भएको डोजर आक्रमणको घटनामा चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सडक निर्माणमा विवाद हुँदा ती चालकले विरोधमा उत्रिएका स्थानीयमाथि डोजर चलाएका थिए । सोमबार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक

पशुपति आर्यघाटमा आन्दोलन, जल्न छाडे शव
काठमाडौं,पशुपति आर्यघाटमा शव जलाउनेहरुले विभिन्न माग राखेर आन्दोलन थालेका छन्। शव जलाउनेहरु आन्दोलित भएपछि शव जल्नै छाडेका छन्। कामदारहरु शव जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको छ। आफ्ना माग पूरा नभएको भन्दै

धनुषामा दिउसै गोली चल्यो, एक जना घाइते
धनुषा, धनुषामा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका

सवारी दुर्घटनामा परी तीन महीनामा ३३ को मृत्यु
चितवन, जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना

गोठमा बाँधेको भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ
सप्तरी,सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय

अब बागमतीको पानीले ढुक्कसंग नुहाउन मिल्ने
काठमाडौं, अबको ३ महिनापछि बागमतीको पानीमा भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्नेछन् । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्ने भएका हुन

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा हुँदैन : शिक्षामन्त्री पोख्रेल
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारेका छन् । नेपाल पब्लिक क्याम्पस संघको ११ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री पोख्रेलले सरकारको लक्ष्यअनुसार विश्वविद्यालय सुधारको प्रक्रियामा

मन्त्रीका विदेश भ्रमण बाक्लियो
काठमाडौं, संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् । अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

प्रशिक्षार्थी महिला प्रहरीलाई बलात्कार गर्ने प्रहरी पक्राउ
नेपालगन्ज, बाँके एक महिला प्रशिक्षार्थी प्रहरीमाथि बलात्कारको अभियोगमा एक प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कार अभियोगमा पक्राउ परेका हुन् । उनी नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा