समाचार Archive

सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो : १८ घर पुरिए
सिन्धुपाल्चोक, यसअघिको पहिरोमा बेपत्ताहरु भएकाहरु सबै फेला परिनसकेकै अवस्थामा सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो गएको छ । पहिरोमा हराइरहेका आफन्तहरुको अवस्था अझै अज्ञात रहिरहेका बेला सिन्धुपाल्चोकमा फेरि बाढी–पहिरोको अर्को विपति थपिएको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क,

मकवानपुरका ४७ जना प्रहरीलाई कोरोना संक्रमण
मकवानपुर, मकवानपुरका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार पछिल्लो २४ घन्टामा मकवानपुरमा थप
बिक्री गर्न लागेको कछुवासहित ५ जना पक्राउ
काठमाडौं, ३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडिबाट ५ जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सुर्खेत भेरी गंगा नगरपालिका-२

शनिबार कोरोनाबाट १४ जनाको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं उपत्यकालगायत देशभर १४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ। पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो

कोरोनाबाट काठमाडौंमा थप ३ जनाको मृत्यु
ललितपुर, कोरोना संक्रमणबाट भक्तपुरका थप २ जना र काठमाडौंका एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जनाको पाटन अस्पतालमा र एक जनाको मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य

शक्तिखोरमा करेन्ट लागेर २ सैनिकको मृत्यु
काठमाडौ चितवनको शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन

गण्डकी प्रदेशमामा थप ४५ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु

चितवन वडा प्रहरी कार्यालयका २६ जनामा कोरोना सङ्क्रमण
चितवन, वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा
धादिङमा बलात्कारको आरोपमा एक युवक पक्राउ
धादिङ , १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पीडित परिवारले दिएको

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु
पर्वत , कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको शनिवार बिहान साढे ६ बजे मृत्यु

