गण्डकी प्रदेशमामा थप ४५ जनामा कोरोना पुष्टि

पोखरा, गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) देबचुली ३४, कास्कीको पोखरा महानगरपालिका १० र गोरखाको आरुघाटका एकजना रहेका छन्। शुक्रबार राति सवा बजे पोखरा महानगरपालिका–५ की ४५ वर्षीय महिलाको पोखरास्थित फिष्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाको संक्रमणले हालसम्म २४ जनाको मृत्यु भएको छ। प्रदेशमा हालसम्म ५५ हजार ६९९ जनाको पिसिआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनामा कोरोना संक्रमण देखिएको छैन भने उपचारपछि एक हजार ८४९ जना निको भइसकेका छन्।