व्यानर न्यूज Archive

गौतमविरुद्धको मुद्दामा आजपनि सुनुवाइ हुने
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा आज शुक्रबारपनि सुनुवाइ हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज पनि मुद्दाको सुनुवाई हुन लागेको हो।यसअघि बुधवार भएको सुनुवाईमा कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा
अमेरिकी राष्ट्रपति ट्रम्प क्वारन्टीनमा
एजेन्सी, आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका छन्।उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताए। साताको

पुर्ब अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस
काठमाडौँ, सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गरेको हो। त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।

वामदेव गौतम विरुद्धको मुद्धाको सुनुवाइ हुंदै
काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुंदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ । इजलासका अन्य न्यायाधीशहरुमा दीपककुमार कार्की,

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली दाहालबीच छलफल जारी
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ ।मन्त्रिपरिषद् पुनर्गठन गर्ने बिषयमा छलफलका लागि केहिबेर अघि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच यस

कोरोना संक्रमणवाट अछाममा एक जनाको मृत्यु
जिल्ला स्वास्थ्य कार्यालय मंगलसेन मा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्लाको वान्निगढि जयगढ गाउपालिकाका ३४ वर्षिय एकजना पुरुषको आज मृत्युु भएको हो । ३४ वर्षिय पुरुष गत महिनाको २५ गते भारत वाट नेपाल आएका

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा
सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच छलफल बिहीबार हुने
काठमाडौँ, सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाअध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

विपी प्रतिष्ठानमा ३५ वर्षीय युवकको कोरोना मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्। ऊर्जा मन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको स्रोतले बताएको छ । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह)

