अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

एजेन्सी,अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए ।

घटनामा घाइते भएकाहरु विद्यार्थी नै हुन सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको बीबीसीले जनाएको छ ।