प्राङ्गारिक खेती र यसको खाद्य सुरक्षामा भूमिका

प्राङ्गारिक खेतीको परिचय

कृषिजन्य वस्तुहरूको उत्पादन गर्दा रासायनिक मल तथा विषादीहरूको प्रयोग नगरी प्राङ्गारिक वस्तुको मात्र प्रयोग गरी तथा कृषि पर्यावरणलाई सन्तुलित राखी खेती गर्ने प्रविधिलाई प्राङ्गारिक खेती भनिन्छ । यस प्रविधिले प्रति इकाई जग्गामा बढी उत्पादन गर्नेभन्दा दीगो कृषि उत्पादनमा जोड दिन्छ । साथै प्राङ्गारिक खेतीले कम्पोष्ट मलको बढी प्रयोग, प्राकृतिक रोग व्यवस्थापन, बाली विविधिकरण, वातावरणीय प्रदूषण न्यूनीकरण, स्थानीय स्रोतको सदुपयोग आदि पक्षलाई बढी जोड दिएको छ ।

मानव निर्मित हानीकारक रासायनिक वस्तुहरू (मल, बिषादी, हर्मोन आदि) तथा परिवर्तित आनुवांशिक पदार्थको प्रयोग नगरी कृषि उपजको उत्पादन गर्ने पद्दति हो । प्राङ्गारिक कृषिमा माटो मुख्य महत्वको तत्व हो र मुख्य उद्देश्य भनेको माटोको स्वास्थ्य र माटोसँग सम्वन्धित जीवजन्तुको अधिकतम उपयोग गर्नुरहेको छ ।

प्राङ्गारिक खेती नै किन ?

प्राङ्गारिक खेतीको मुख्य उद्देश्य भनेको स्वस्थ्य तरकारी उत्पादन गरी स्वस्थ्य जिवन बनाउनु हो।यो प्रणाली प्रयोग कर्ता र उपभोक्तालाई स्वास्थ्यका हिसाबले अतिनै फाइदाजनक रहेको छ। यस प्रणालीमा रासायनिक चिजहरुको प्रयोग नहुने भएकाले क्यानसर, रक्तचाप, अन्धोपना,बाझोपना, अल्सर, अपाङ्ग आदि जस्ता रोगबाट धेरै हद सम्म जोगिन सकिने हुनाले यो प्रणाली अतिनै महत्त्पूर्ण र आवश्यक पनि छ। यसका अलावा जमिन मुनिको खानेपानी, नदीनाला,हावा माटो स्वच्छ र सफा बनाउन, माटो भित्रको जिवाणु बढाउन माटो मलिलो तथा कमलो आदी बनाउन , ठण्डी,गरम,सुख्खा चिसान आदि माटोले खप्न सक्ने अवस्था बनाउन पनि यस अभ्यासको उत्तिकै महत्व रहेको छ। बोटबिरुवामा लाग्ने हानीकारक रोग तथा कीरा कम गर्न , फाईदालु जिवाणु तथा मित्रु किराको संख्या बढाउदैं लैजान पनि यो प्रणाली प्रयोग हुँदै आएको छ।

बेफाइदा र चुनौती

नेपालको परिवेशमा यसका बेफाइदाहरुस् शुरुमा महंगो खेती उत्पादकत्व कम हुने तर सस्तोमा बिक्रि गर्नु पर्ने हुन्छ। त्यसैगरी बढि कीरा तथा रोग लाग्न सक्ने र रोकथाम गर्न गाहृो हुने हुनसक्छ।  विरुवालाई चाहिने खाद्य तत्व पु–याउन ज्यादै कठिन पर्ने र अपुग हुनसक्छ। नेपालमा उपभोक्ता र बजार पाउन कठिन, प्रमाणिकरण गर्ने ब्यबस्थाको अभाबले गर्दा पनि बिक्रि गर्न गाहृो हुने समस्या छ। त्यसैगरी उपभोक्तामा प्राङ्गारिक तरकारी बारे ज्ञानके अभाबले गर्दा पनि तरकारीले भाउ नपाउने , महत्व नपाउने समस्या त छदै छ। व्यवसायिक रूपमा खेती गर्दा केही समस्या आयाता पनि घरेलु प्रयोजनको लागि भने त्यति समस्या छैन। त्यसैले हामीले आफ्ना करेसाबारीमा यस प्रणली अपनाई स्वस्थ तरकारी फलाउन सकिन्छ।

खाद्य सुरक्षामा प्राङ्गारिक कृषिको भूमिका

सन् १९९६ नोभेम्बरमा इटालीको रोम सहरमा सम्पन्न विश्व शिखर सम्बेलनले पारित गरेको खाद्य सुरक्षाको परिभाषालाई सर्वमान्य परिभाषाको रूपमा लिइन्छ। यसमा खाद्य सुरक्षाको सम्बन्धमा भनिएको छस् खाद्य सुरक्षा त्यतिबेला भएको मानिन्छ, जब सम्पूर्ण जनता आफ्नो स्वस्थकर तथा सक्रिय जीवनका लागि आवस्यक पर्ने सुरक्षित तथा पौष्टिक तत्त्वयुक्त खाद्यान्न प्राप्त गर्न आर्थिक र भौतिक रूपले सक्षम हुनेछन्।

मानिसलाई सुरक्षित, प्रयाप्त र पौष्टिक भोजन जसले उनीहरूलाई आहार सम्बन्धी अवस्यकता एबं इच्छालाई पूरा गरेमात्र सक्रिय र स्वस्थ जीवन सम्भव छ। खाद्य सुरक्षाका चार मुख्य अवयवहरु छन् ।

१. उपलब्धता
२. पहुंच
३. उपयोग
४. स्थिरता

विश्वमा अहिले बढ्दो जनसंख्याको आहारा परिपूर्तिगर्न गर्न विभिन्न खेती प्रणालिहरु अपनाइएका छन। विशेषत रासायनिक आधुनिक कृषि प्रणालीलाई अधिकांसले आत्मसाथ गरेको पाइन्छ तर यो प्रणाली अपनाईरहदा कृषक, कृषि बेवसहि। हरु यसले पर्ने दीर्घकालीन असर प्रति अनविज्ञ अथवा असरलाई नजरअन्दाज गरेको पाइन्छ। तर रासायनिक वस्तु प्रयोग गरी गरिने खेती कहिलै दीर्घकालीन हुननसक्ने कृषि वैज्ञानिकहरू बताउँछन्। त्यसैले प्राङ्गारिक खेतीलाई अहिलेको समयमा प्रवर्दन गर्न थालिएको छ।

प्राङ्गारिक खेतीमा कुनै पनि रासायनिक वस्तु प्रयोग नगरिने भएका कारण यसले माटो, जलवायु, वातावरणलाई कुनै हानी नगरी बरु संरक्षण गर्ने गर्दछ र दिगो कृषिलाई सघाउँछ ,जसका करण कृषकले वर्षेनी लगातार राम्रो उत्पादन लिन सक्छन्। प्राङ्गारिक खेतीमा सकेसम्म रैथाने विउविझनहरु प्रयोग गरिन्छ जसको उत्पादन त्यस ठाउँमा बढी हुन्छ र उत्पादन पनि वर्षेनी उत्तिकै हुन्छ तर रासायनिक युक्त खेतीमा उत्पादन केही समयका लागि राम्रो भएतापनि पछि त्यसमा ह्रास हुँदै जान्छ। त्यसैले खाद्य सुरक्षा प्राप्त गर्न प्राङ्गारिक खेतीले महत्वपुर्ण भुमिका खेल्न सक्छ।

प्राङ्गारिक खेतीबाट सजिलै हानिकारक रसायन मुक्त तरकारी, फलफूल, खाद्यवाली आदि फलाउन सकिन्छ जो स्वस्थ र पौष्टिक पनि हुन्छ। करेसाबारी, घर बगैंचामा यो प्रणालीलाई अपनाएर सामान्य तरिकाबाट पनि हामी स्वस्थकर जीवन प्राप्त गर्न सक्छौ। सामान्य लगानीमा गर्न सकिने यस खेती प्रणालीमा चाहिने वस्तुहरू पनि गाउँघरमा सजिलै पाउन सकिने भएकोले खाद्य सुरक्षा प्राप्त गर्न टेवा पुग्छ।

विशेषत प्राङ्गारिक खेतीले दिगो कृषिलाई प्रवर्दन र यसबाट स्वस्थकर र पौष्टिक खाद्यान्न उत्पादन गर्न सकिने हुँदा यस खेती प्रणालीको खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका रहने कुरा बुझ्न सकिन्छ त्यसैले सरकारले पनि यस प्रांगारिक खेती प्रणालीलाई प्रोत्साहान, प्रवर्दन गर्न जरुरी छ ।