मुख्य समाचार Archive

कोभिड -१९ र ब्यवहारिक शिक्षा
शिक्षा जीवन प्रयन्त चलिरहने प्रकृया हो। समय र परिस्थिति अनुरुप शिक्षा लिने र दिने प्रक्रिया फरक फरक हुन्छ। मानव सभ्यताको उत्पत्ति र बिकास संगसंगै ज्ञान र सिपलाइ स्थानन्तरण गर्ने बिधि र तौर तरिका फरक फरक ढंगबाट

दुईबर्षदेखि २७ बर्षिय सुनार बेखबर, खोजी गरिदिन आफन्तको आग्रह
कञ्चनपुर, कञ्चनपुर चाँदनी दोधारा महाकाली नगरपालिका वडा नं ६ का अमर सुनार दुई बर्षदेखि बेपत्ता भएका छन । कामको शिलशिलामा भारत जाँदा उनि दुई बर्ष देखि बेपत्ता भएका हुन । महाकाली नगरपालिका वडा नं ६ दोधारा
लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ
झापा, प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनमा होम आइसोलेशनमा बसेकी वृद्धाको मृत्यु
चितवन, भरतपुर होम आइसोलेशनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती वृद्धा अल्सर र क्यान्सरकी बिरामी

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्युठान स्वास्थ्यचौकी एक साता बन्द
प्युठान, प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय
एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार भयोः नेता रावल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेता तथा स्थाई समिति सदस्य भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत

बागलुङको जैमिनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु
बागलुङ, बागलुङको जैमिनी नगरपालिका–१ मा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या

पत्रकारमाथि हातपात गर्नेलाई पक्राउ गर्न महासङ्घ कैलालीले दियो ‘अल्टिमेटम
धनगढी , कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ ।पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी

बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता
बर्दिया, बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् । खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद्

