बाँकेमा बुधबार थप २४ जनामा कोरोना पुष्टि

 नेपालगञ्ज , बाँके  भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

अबदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा पनि कोरोना परिक्षण शुरु भएको श्रेष्ठले जानकारी दिए ।