पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध

काठमाडौँ, जर्मेन पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।फ्रान्सेली फुटबलको सर्वोच्च निकायले लिग वन अन्तर्गत आइतबार पीएसजी र मार्सेबीच खेलको घटनालाई लिएर अनुशासन कारवाही सुनाएको हो । उक्त खेलमानेयमार सहित ५ खेलाडीले रातो कार्ड खाएका थिए ।

तनावपूर्ण खेलमा मार्सेका डिफेन्डर जोर्डन अमाभी र पीएसजीका डिफेन्डर लेभिन कुर्जावालाई रेफ्रीले सिधै रातो कार्ड देखाए । त्यसपछि मुख्य फलमा आबद्ध पीएसजीका लियान्ड्रो पारेडेस र मार्सेका डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । नेयमारलाई भने मार्सेका अल्भारो गोन्जालेजमाथि हातले हानेको आरोपमा रेफ्रीले भीएआरमा हेरेर पछि रातो कार्ड देखाएका थिए ।

नेयमारलाई रातो कार्डको एक खेल प्रतिबन्धमा थप एक खेल प्रतिबन्ध लगाएको हो । नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताएका थिए । यससम्बन्धमा थप अनुसन्धान गर्ने पनि बताइएको छ ।यस्तै, पीएसजीका कुर्जावालाई ६ खेल र परेडेसलाई दुई खेल, मार्सेका जोर्डनलाई तीन र बेनेडेटोमाथि एक खेलको प्रतिबन्ध लगाइएको छ । सो खेलमा पीएसजी १–० ले पराजित भएको थियो ।