मुख्य समाचार Archive

आज ठूलो पानी पर्न पूर्वानुमान सतर्कता अपनाउन सुझाव
काठमाडौँ, आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

उन्मुक्तिले बलात्कारीको मनोबल बढायो
सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै, आठ हजार बढी संक्रमित घरमै
काठमाडौं , कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । हाल देशभर ८ हजार ३ सय ३८

नेपालले खरिद गरेका दुई रेल आज आउँदै
काठमाडौँ , जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१
केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद
काठमाडौं , जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ

पचालझरना गाउँपालिका स्थित नवकिरण आधारभुत विद्यालयको दुई कोठे भवन उदघाटन
कालिकोट, जिल्लाको पचालझरना गाउँपालिकामा रहेेेकोमा रहेको एउटा आधारभुत विद्यालयको दुईकोठे पक्कि भवनको उदघाटन गरिएको छ । बिहिबार गाउँपालिकाको वडा नं ५ स्थित नवकिरण अाधारभुत बिधालयको दुई कोठे भवन उद्घाटन गरिएको हो ।करिब २० लाख बजेट लागतमा बनेको

अखिल क्रान्तिकारीद्धारा रक्तदान कार्यक्रम सम्पन्न
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।बिहिवार अखिल (क्रान्तिकारी) भेरी-कर्णाली क्षेत्रिय समन्वय समिति अन्तर्गत जिल्ला समिति, बाँकेले एक कार्यक्रमका बिचमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने

देखिन थाले कालीकोट मान्ममा औलो रोगका बिरामी
मान्म, कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा औलो रोगका बिरामी देखिन थालेका छन् । तराई क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग पहाडमा देखिन थालेको हो । पहाडी जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो रोगका बिरामी भेटिन थालेका छन् ।

फिफाको नयाँ वरियतामा नेपाल यथावत
काठमाडौँ, विश्व फुटबल महासङ्घ फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै

