मुख्य समाचार Archive

लागुऔषधसहित सासू-बुहारी पक्राउ

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ

एसईईको रजिस्ट्रेसन फाराम खुला

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को रजिस्ट्रेसन फाराम खुला गरेको छ ।  बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फाराम भर्नका लागि सूचना निकालेको हो। बोर्डले जारी

नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, नेकपाको संस्थापन पक्ष ९प्रचण्ड (नेपाल) को स्थायी कमिटी बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागेको हो । आजको बैठकले संसद् विघटन गर्ने सरकारको निर्णयविरुद्ध

केपी ओलीले सत्ताको चरम दुरुपयोग गरे : नेता आचार्य (भिडियोसहित)

बिरेन्द्रनगर, सुर्खेत नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य रामदिप आचार्यले केपी ओलीले सत्ताको दुरुपयोग गरेको बताएका छन् । कुसेन्युजको कुसे संबादमा कुराकानी गर्दै नेता आचार्यले ओलीले सत्तााको चरम दुरुपयोग गरेर संबिधानको खिल्ली उडाएको बताएका हुन ।

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः

चिनियाँ टोलीले दिएको तीन सन्देश

काठमाडौं, नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ

आमा बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

दमौली, आमालाई जबरजस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद

नयाँ भाइरस : प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध

आज देशभर तमु ल्होसार मनाइँदै

काठमाडौँ, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ

भुक्तानी माग्दै माइतीघरमा आन्दोलनरत सर्लाहीका उखु किसानको निधन

काठमाडौँ, उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक