एसईईको रजिस्ट्रेसन फाराम खुला

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को रजिस्ट्रेसन फाराम खुला गरेको छ । 

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फाराम भर्नका लागि सूचना निकालेको हो।

बोर्डले जारी गरेको सूचनाअनुसार रजिस्ट्रेसन फाराम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।