मुख्य समाचार Archive

बिहेको अघिल्लो दिन भागेपछि..

नवलपरासी – विवाहको अघिल्लो दिन घरबाट एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेलविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । गत माघ २२ मा छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भएको अवस्थामा उनी

मोदीको मुक्तिनाथ दर्शनका लागि अन्नपूर्ण पदमार्ग ३ दिन बन्द हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन गर्ने तय भइसकेको छ। मुक्तिनाथ मन्दिर जानका लागि प्रयोग हुने बाटो अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको छ। मोदी भ्रमणको

३३ किलो सुनकाण्डमा संलग्न ६३ जनाविरुद्ध मुद्धा दर्ता

साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलार्इ फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो । अदालतका

गोरे समुहमाथि ३८ क्विन्टल सुन तस्करीको आरोप !

प्रहरीले चुडामणि उप्रेति ‘गोरे’ समुहले झण्डै ३८ क्विन्टल सुन तस्कर गरेको आरोप लगाएको छ । जिल्ला अदालत मोरङमा आज दायर गरिएको अभियोग पत्रमा गोरे समुहले ३८ क्वीन्टल सुन तस्करी गरेको उल्लेख गरिएको छ । सहसचिव ईश्वर

कर्मचारीले विदेश भ्रमणमा राज्यकोष दोहन गरेपछि..

कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५

नेपाल–भारत सीमा विवाद सुल्झाउन केन्द्र सरकारलाई अनुरोध

प्रदेश नम्बर–७ सरकारले कन्चनपुरको पुनर्वासलगायतका क्षेत्रमा नेपाल–भारतबीच देखिएको सीमा विवाद सुल्झाउनका लागि केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले दुई देशबीचको सीमा विवाद समाधानका लागि

आज विश्व मजदुर दिवस

आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १ सय २९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन

सामुदायिक विद्यालयमै गरिबका छोराछोरीले पढ्न पाएनन्

गरिबका छोराछोरीले निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित भएका छन् । सुर्खेतका नाम कहलिएका सामुदायिक विद्यालयले कोटा प्रणाली अपनाउँदै प्रवेश परीक्षामा पास भएकालाई मात्रै भर्ना दिँदा गरिबका बालबच्चा गुणस्तरिय शिक्षा लिनबाट वञ्चित भएका

५ दर्जनभन्दा बढी सरकारी वेबसाइटमा ह्याकरको पहुँच

सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न अझै चासो देखाएका छैनन् । गृह

यस्तो बन्दै छ संघीय सुरक्षा व्यवस्था

सरकारले संघीय शासन व्यवस्था अनुकूल हुने गरी संघीय नेपालको सुरक्षा व्यवस्थाको मार्गचित्र (रोडम्याप) सहितको आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी नयाँ कानुनको विधेयक स्वीकृत गरेको छ। गृह मन्त्रालयले तयार पारेको सुरक्षा मार्गचित्रसहितको विधेयकलाई कानुन मन्त्रालयमार्फत संसद्मा पेस गर्न