चिनियादेवीले रुँदै भनिनन्- डा. त्रिलोक्यानन्दले २५ वर्षदेखि सँगै राखे, नाता खोज्दा गुण्डा लगाए

त्रिलोक्यानन्द वैद्य चिनियादेवी ताम्राकारलाई श्रीमतीको नाता प्रमाणित गर्नुपर्ने डरले भागेका छन् । उल्टै गुण्डा लगाएर ज्यान मार्ने धम्की दिएका छन् । वैद्य हाल काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटका बासिन्दा हुन् । उनका दुई श्रीमती छन् । जेठी श्रीमती कोकिला वैद्य (ताम्राकार) हुन् भने कान्छी श्रीमती चिनियादेवी ताम्राकार (वैद्य) हुन् ।

त्रिलोक्यानन्दले विगत लामो समयदेखि साली (चिनियादेवी) लाई श्रीमती स्वीकारेर टोखामा रहेको ४ अना २ पैसामा बनेको घरमा लगेर राखेका थिए । अहिलेसम्म चिनियादेवी त्यही घरमा बसिरहेका छन् । चिनियादेवीले त्रिलोक्यानन्दलाई विवाह दर्ता गर्न जान पटकपटक भन्दा अहिलेसम्म भाग्दै र लुक्दै हिंड्दै गरेको भन्दै नाता प्रमाणित गराई पाउन चिनियादेवीले शुक्रबार अनामनगरस्ति संवाद डबलीमा एक पत्रकार सम्मेलन आयोजना गरेर याचना गरेकी छन् । उनले त्रिलोक्यानन्दकै कारण आफू यौन हिंसाको शिकार भएको बताइन् ।

२०५५ सालदेखि उनी त्रिलोक्यानन्दसँग श्रीमान–श्रीमती सम्बन्ध कायम गरेर बसेका चिनियादेवीले विगत सात वर्षदेखि विवाह दर्ता गर्न नमानेकै कारण पारिवारिक कलह शुरु भएको र अहिले त्रिलोक्यानन्द लुकिछिपी हिंडेको पीडित चिनियादेवीले पत्रकार सम्मेलनमा जानकारी दिइन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनमा वितरित चिनियादेवीद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्रिलोक्यानन्द वैद्यसँग विवाह दर्ता गराएर आफूलाई श्रीमतीको नाता कायम गराउन सहयोग गर्न समेत पत्रकार सम्मेलनमा अनुरोध गरिन् ।

कोकिला र चिनियादेवी सहोदर दिदी–बहिनी हुन् । कोकिला स्व. गिरिजा कोइराला अन्तिमपटक प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहँदा भ्रष्टाचारमा अख्तिरयारद्वारा डामेकी पात्र हुन् । चिनियादेवी त्यहीबेला धेरै समयमा विदेश बसे । इन्डोनेसियामा मात्र ९ बसिन् । त्यही बेला त्रिलोक्यानन्दले साथीहरुलाई समेत बोलाएर आफूमाथि यौन हिंसा गर्न लगाएको चिनियादेवीको भनाई छ । उनले आफूलाई कान्छी श्रीमती स्वाकारेरै त्रिलोक्यानन्दले टोखाको घरमा लगेर राखेको र पछि विवाह दर्ताको प्रक्रियामा जान नमानेर जेठी कोकिलासँग मिलेर घरबाट निकाल्ने कोशिसमा लागेको बताइन् ।

अहिले त्रिलोक्यानन्दले आफू बसिरहेको टोखाको उक्त व्यक्तिलाई बिक्री गरिसकेको बताएर ७०÷८० जना समूहले घरमा आएर घर छाडेर जान भन्दै झ्याल, ढोका तोडफोड गर्नुका साथै ज्यान मार्ने धम्की दिइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइन् । शान्ति सुरक्षाको लागि प्रहरी प्रशासनमा निवेदन दिए पनि बेवास्ता गरिएको बताइन् । आफूमाथि परेको हिंसा र ज्यादातिबाट न्याय पाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि निवेदन दिइसकेकी छन् । शान्तिसुरक्षाका लागि प्रहरी प्रभाग महारजगन्ज र महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी छन् ।

चिनियादेवीले आफू बस्दै आएको घर कसैगरी नछाड्ने बताइन् । साथै घरभित्र समेत असुरक्षा भएको भन्दै सरकारसँग सुरक्षा माग गरिन् । सरकरको प्रहरी प्रशासनले आफ्नो परिवारको सुरक्षाबारे बेवास्ता गरेका गुनासो गर्दै ‘म गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग मरो परिवारको सुरक्षा गराई पाउँ भनी यही पत्रकार सम्मेलनमार्फत अनुरोध गर्छु’ पीडित चिनियादेवीले भनिन् ।

प्रेस विज्ञिप्त

आदरणीय पत्रकार बन्धुहरु

म चिनियादेवी ताम्राकार (वर्ष ७५) काठमाडौं जिल्ला का.म.न.पा वडा नं. २ लाजिम्पाट निवासी हुँ । विगत ४० वर्षदेखि सोही ठाउँ निवासी भिनाजु डा. त्रिलोकान्ध बैद्य र दिदी डा. कोकिला बैद्यसँग बस्दै आएको छु । मेरो श्रीमानले अर्को विवाह गरेर कुटपिट र घरेलु हिंसा निरन्तर जारी राखेपछि घरमा बस्न नसकेपछि र मेरो आर्थिक अवस्था कमजोर भएकोले दिदी–भिनाजुले आफैले बोलाइ मलाई पहिला प्रलोभन दिनुभयो ।

दिदी कामको सिलसिलामा विदेशी र इन्डोनेसिया ९ वर्ष बसिन् । त्यसबेला दिदीका ३ बच्चा सम्हाल्ने र घरको सम्पूर्ण जिम्मेवारी मैले नै पूरा गर्दै आएँ । मेरा भिनाजु त्रिलोक्यानन्द वैद्यको नियत पहिलादेखि नै खराब र धेरै महिलाहरुसँगको अबैध सम्बन्ध र विशेष बाहिरी महिलाहरुसँगको सम्बन्धको कारण मेरो दिदी पनि आजित भैसकेको थिइन । दिदी बाहिर बस्ने र भिनाजुले ललाईफकाई म सँग शारीरिक सम्बन्ध राखे । उनले मलाई कान्छी श्रीमतीको रूपमा स्वीकार गरिआउनु भएको थियोे । दिदीले स्वयं भेनाजुलाई ‘मसाज गरिदिनु, तेल लगाइदिनु, हेरचाह गर्नु’ भनी मलाई अह्राउने गर्थिन् । जब भिनाजुले उहाँ र मेरो श्रीमान्–श्रीमतीको रुपमा विकास भइसकेको लामो सम्बन्ध कायम भइसकेपछि पनि ७ वर्षअगाडि भिनाजुले आफ्नै साथीहरुलाई बोलाएर उनीहरुलाई मसँग सम्बन्ध राख्न लगाए । त्यस्तो कार्यको मैले प्रतिकार गरेँ । भिनाजुले ममाथि गरेको अन्याय र मलाई २५ वर्षदेखि यौन हिंसा, श्रम, शोषण, महिला हिंसाविरुद्ध आवज उठाए र म त्यो घर छोडी टोखामा बस्न थालेँ ।

त्यसपछि भिनाजुले आफ्नो नाममा रहेको टोखाको जग्गामा बनेको घर तिमीलाई नै भयो भनी दिनुभयो । तर कानूनी रुपमा भने कहिल्यै मेरो नाममा दिनुभएन । र, हामी दुईबीचको सम्बन्धबारे दिदीलाई केही नभन्न फकाउने काम गरे । जब दिदीले घर बेचेको बैना लिएर किर्ते कागज गराइ मलाई झुटो मुद्दामा फसाएर जगन्नाथ कारागारमा २ वर्ष जेल हाले । त्यही बेला पारेर भिनाजुले त्यो घर बेचे । म जेलबाट फर्केको जेष्ठ २ गते म जेलबाट मुक्त भएँ । मलाई भाडामा बसेको मान्छे भनेर हट्न र नहटे ज्यान मार्ने धम्की दिन थाले । अहिले पनि मलाई मार्ने धम्की दिदै बसेको घरमा तोडफोड गर्न लगाउनुका सरसामानहरु फुटाइदिएका छन् । पैसाको रवाफमा मलाई २५ वर्षदेखि मेरो इज्जतसँगै श्रम लुटी आफ्नो स्वार्थ पूरा गरेपछि अरु केटा लगाई मेरो अस्मितालाई मेटाउनको कोशिस गरे । ममाथि भएको यस्तो हिंसाकै बेला झुटो मुद्दालगाएर दुई वर्ष जेल हाले ।

केही विकल्प नभएकै कारण अहिले म लगायत मेरो छोरा र बुहारी त्यही घरमा डर, त्रास र आतंकबीच बस्दै आइरहेका छौं । भिनाजुले हामी सबैलाई मार्ने धम्की निरन्तर दिइरहेका छन् । बसिरको घरमा गुण्डाहरु पठाई झ्याल फुटाइ, सामान, भाँडाकुँडा तोडफोड गर्ने गर्दै आइरहेका छन् ।

अहिले पनि ८० जनासम्मनको बाहिरिया जमात आएर तोडफोड गर्ने, भान्सा कोठा बन्द गरिदिने र ज्यान मार्ने धम्की दिने हर्कत जारी राखेको हुँदा म लगायत मेरो छोरा–बुहारीको ज्यान खतरामा परेको छ । शान्ति सुरक्षाको माग गर्दा समेत सरकारको प्रहरी–प्रसासनले बेवास्ता गरेको छ । त्यसकारण ममाथि २५ वर्षदेखि भएको दुव्र्यवहार र खोसिएको अधिकार प्राप्ति र रक्षा गर्न र मेरो ज्यान सुरक्षाको लागि पत्रकार, मानवअधिकारवादी र सम्बन्धित सबै पक्षसँग यो निवेदन गरेकी छु ।
२०७५ जेठ १८

चिनियादेवी ताम्राकार
का.म.न.पा वडा नं. २ लाजिम्पाट