दरबार हत्याकाण्डका ‘रहस्यमय’ १७ वर्षः अझै भएन सत्यतथ्य छानविन

तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ । २०५८ जेठ १९ गते शुक्रबार राति नारायणहिटीमा गोलीकाण्ड भएको थियो ।

आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले कोल्टो फेरेपनि सत्यातथ्य छानविन भने अझै भएको छै्न । दरबारभित्रै आयोजना गरिएको रात्री भोजमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । औपचारिकता पूरा गर्न हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरिएको थियो । छानविनले तत्कालिन युवराज दीपेन्द्र शाहलाई दोषी ठहर गरेको थियो । तर, यसमा अझैपनि कसैले विश्वास गरेका छैनन् । यो घटनाको राजतन्त्रको अन्त्य गणतन्त्र स्थापनको मुख्य भूमिका रहेपनि यथार्थ र सर्वसाधारणले चित्त छानबिन अझै भएको छैन ।