मुख्य समाचार Archive

आर्चरी : स्ट्याण्डर्ड महिला टिममा सेनालाई स्वर्ण
पोखरा, नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड महिला टिम इभेन्टमा नेपाली सेनाले स्वर्ण जितेको छ ।सेनाका सरद बि.क., तुल्सी थापा, सारु तामाङ र खड्ग कुमारी थापा मगर सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका

नेपाल–चीन सिमा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर

काठमाडौँमा भूकम्पको धक्का
काठमाडौँ, काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा काठमाडौँ आसपासको स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।

२८ लाख घुससहित खानेपानी इन्जिनियर पक्राउ
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ

पुर्व मन्त्री सुनार माओवादी केन्द्रमा प्रवेश
बाँके, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चार्ज दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनार सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी नेतृ पूर्णाकुमारी सुवेदीले पार्टीमा स्वागत गरिन्

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । बाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म

म्यान भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स नेपालमा
काठमाडौं, चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्स नेपाल आइपुगेका छन् । उनी सपरिवार नेपाल आएका हुन् ।नेपाल आएका ग्रिल्सले लुक्लामा पुगेर स्काई डाइभिङ गर्नेछन् । उनी एक सातासम्म नेपालमा रहने बताइएको छ । उनी

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा
लण्डन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए ।

प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ
पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । विशेष उजुरी एवं सूचनाका
तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न
काठमाडौँ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको

