त्रिभुवन विश्वविद्यालयलाई अखिल क्रान्तिकारीको ज्ञापनपत्र

समयमै परिक्षाफल प्रकाशित गर्न माग

काठमाडौं, त्रिभुवन विश्वविद्यालयलाई अखिल (क्रान्तिकारी) ले ज्ञापनपत्र बुझाएको छ । विश्वविद्यालयले समयमै परिक्षाफल प्रकाशित गर्नुपर्ने माग गर्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सोमबार ज्ञापनपत्र बुझाएको छ ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समिती इन्चार्ज गोबिन्द बिष्टद्धारा हस्ताक्षरित ज्ञापनपत्र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई बुझाएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले वार्षिक कार्यतालिका अनुसार परिक्षाफल प्रकाशित नगरी लाखौँ विद्यार्थीहरुको भविष्य अन्यौलग्रस्त बनाएको घटनाप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

उक्त ज्ञापनपत्रमा ‘२०७८ श्रावणमा परिक्षा भएको स्नातक तह प्रथम वर्षको सबै संकायको परिक्षाफल पन्ध्र महिना वितिसक्दा समेत प्रकाशित भएको छैन । जो विद्यार्थीहरु प्रथम वर्षको नतिजा विनै तेस्रो वर्ष अध्ययन गर्न बाध्य छन् । पुसमा परिक्षा भएको स्नातक तह चौथो वर्षको सबै संकायको नतिजा, फागुनमा परिक्षा भएको प्रथम वर्षको नतिजा, चैत्रमा परिक्षा भएको तेस्रो वर्षको नतिजा र स्नातकोत्तर तहको सेमेष्टर प्रणाली अन्तर्गतका परिक्षाहरुको समेत समयमै नतिजा सार्वजनिक भइरहेको छैन । तीन महिनामै प्रकाशित गर्नुपर्ने स्नातक र स्नातकोत्तर तहका सबै संकायको नतिजा प्रकाशनमा भएको अस्वभाविक ढिलासुस्तीले विद्यार्थीहरुमा नैरास्यता उत्पन्न गराउने युवा जनशक्तिलाई विदेशिन बाध्य पार्ने र त्रिभुवन विश्वविद्यालयलाई थप धरासायी बनाउने काम भइरहेको छ । जसले कतै रक्षक नै भक्षक भइरहेको त छैन ? गम्भिर आशंका उत्पन्न गराएको छ ।’

साथै ज्ञापनपत्रमा ‘राजनीतिक दलको भागबण्डाको सोपान चढेर त्रिभुवन विश्वविद्यालय छिर्ने अनि जनताले सकिनसकी तिरेको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटी ढुटो पारेर विश्वविद्यालय धरासायी बनाउने र लाखौँ विद्यार्थीहरुको भविष्य बर्वादीतिर धकेल्ने हर्कत हाम्रो संगठनलाई किमार्थ स्विकार्य छैन । हाम्रो संगठन नतिजा प्रकाशित हुन बाँकी सबै तह र संकायको परिक्षाफल १५ दिन भित्र अनिवार्य सार्वजनिक गर्न त्रिविसँग जोडदार माग गर्दछ । अन्यथा चरणवद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरी कडा संघर्ष गर्न संगठन बाध्य हुनेछ ।’

यस्तो छ ज्ञापनपत्र