शैक्षिक सम्प्रेषणको दोस्रो अंक बिमोचन

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागको प्रकाशन शैक्षिक सम्प्रेषण बिमोचन भएको छ ।वागेश्वरी बहुमुखी क्याम्पसमा मंगलबार भएको एक औपचारिक कार्यक्रमका बिचमा शैक्षिक सम्प्रेषणको दोस्रो अंक बिमोचन गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले शैक्षिक सम्प्रेषणले आम पब्लिकमा शैक्षिक तथा अनुसन्धानमुलक सन्देश दिनु पर्ने, कोहलपुर लाई शैक्षिक हव बनाउने सवालमा सबैको पहल हुनु पर्ने कुरामा जोड दिए । त्यसैगरी विशिष्ट अतिथी सम्प्रेषणका सल्लाहकार एव पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागिय प्रमुख एकराज शर्माले सम्प्रेषणबाट अनुसन्धानमुलक ज्ञान बोकेको जानकारी दिए । उनले भने ‘कुनै पनि काम गफ होइन क्रियाकलाप, कार्य र व्यवहारमा विश्वास गर्नु पर्ने कुरा जोड दिए ।’ उनले भने बागेश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुले स्नातक तथा स्नातकोत्तर तहमा पढाइ हुने पुस्तक लेखेको, उत्पादित जनशक्ति सरकारी तथा गैरसरकारी संस्था संस्थामा काम जब पाएकोले क्याम्पसले उच्च जनशक्ति उत्पादन गरेको जानकारी दिए ।

हाल सम्म यस विभागले ५० औँ जनशक्ति स्नातकोत्तर तहमा उत्पादन गरेकोले कुनै पनि बेरोजगार नभएको तर्क दिए । उनले भने यो विभागबाट गत वर्ष ईशाल घलेले कुलपति पद्क प्राप्त गर्न सफल भएकोले यो विभाग मात्र होइन क्याम्पसको ईतिहासमा सुनौलो भएको तर्क दिए । आफुले स्नातक तथा स्नातकोत्तर तहका दर्जनौं पुस्तक लेखन गरेकोले विद्यार्थीको सहजता मिलेको कारण आफू सम्मानित हुन पाउँदा खुसी लागेकोले विद्यार्थीहरु लाई धन्यवाद व्यक्त गरे ।

पाठ्यक्रम तथा मुल्यांकन बिभागको प्रकाशन शैक्षिक सप्रेषणका प्रधानसम्पादक ओमकार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती क्याम्पस प्रमुख दानबहादुर हमाल रहनुभएको थियो । साथै विशिष्ट अथितीहरुमा पुर्व क्याम्पस प्रमुख खगराज पन्त, रमेशचन्द्र अधिकारी, शिशिर कुमार शर्मा रहनु भएको थियो तथा विभागी प्रमुख एकराज शर्मा थिए ।

त्यस्तै अथितीहरुमा भने कृष्ण अधिकारी, प्राध्यापक संघका सभापति राज कुमार चन्द लगायत विभिन्न विभागीय प्रमुखहरु रहनु भएको थियो ।

उक्त बिमोचन कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।