नेपालगन्जका दर्जन युवाहरु जसपामा प्रवेश, पुर्वमन्त्री राईले गरे स्वागत
प्रकासित मिति : २०७९ कार्तिक २७, आइतवार
प्रकासित समय : [nepaliTime]
नेपालगन्ज, बाँके नेपालगन्जका दर्जनौं युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आइतवार नेपालगन्जमा दर्जनौं युवाहरु बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रदेव गरेका हुन् ।
इबरार हल्वाइ, मोहोम्म्द इरफान, हामिद हसन अन्सारी, मोहोम्मद इमरान जसगर, मोहोम्मद अशरफ सिद्दिकी, रियाज रङ्गरेज, बिपिन कशौधन, मोहोम्मद सोएब हल्वाई, लुक्मान कसगर, राम गुप्ता गरी नेपालगन्जका दर्जनौं युवाहरू प्रवेश गरेका हुन।
नव प्रवेशिहरुलाई नेपाल सरकार निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका जसपाका युवा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका हुन् । पुर्व मन्त्री राई हाल जसपाबाट बाँके क्षेत्र नं. २ प्रतिनिधी सभाका उम्मेदवार समेत हुन् ।

