मुख्य समाचार Archive
कोरोना रोकथामबारे देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजेका लागि बैठक बोलाइएको एक जना पदाधिकारीले जानकारी दिए । कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु काठमाडौंमा नै छन्

प्रधानमन्त्री ओलीले आज ११ बजे सम्बोधन गर्दै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे देशका नाममा सम्वोधन गर्दैछन् । विश्वलाई आक्रान्त बनाइरहेको र नेपाललाई समेत संक्रमित बनाइसकेको कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीबारे जानकारी दिन प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गर्ने

९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा
काठमाडौँ, केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ । महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका मध्येका एक ती युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा

कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा साढे ७४ हजार, संक्रमितको १३ लाख ४३ हजार
काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ

काठमाडौंमा एकाबिहानै लकडाउन उल्लंघ गर्ने १ हजार ३३१ जना पक्राउ
काठमाडौं ,प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३३१ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार

कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्रीलाइ आईसीयूमा सारियो
बेलायत, ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई उनीमा देखिएको कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू “खराब” भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ। एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन

कोरोनाबाट भारतमा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु
भारत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ । भारतमा एकैदिन ४८९ जनामा संक्रमण देखिएसँगै

कोरोनाले युएईमा एक नेपालीको मृत्यु
काठमाडौं , कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ । ९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको थियो । सोमबार

नाकाबन्दीमा चीनले दिएको इन्डक्सन चुलो ‘लकडाउन’मा सकिए
काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा

प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए।

