कोरोनाको संक्रमण दोहोरिन नदिन नयाँ उपचार पद्धतिको खोजी भइरहेको छ -ट्रम्प

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको पुनः संक्रमण हुन नदिन औषधीको खोजी भइरहेको बताएका छन् । उनले प्रेस व्रिफिङमा उक्त औषधी कम्पनी फाइजरले कोरोनाको संक्रमण पुनः दोहोरिन नदिन नयाँ उपचार खोजिरहेको बताएका हुन् ।

यो उपचारको परीक्षण तत्काल सुरु हुने पनि उनले जनाएका छन् । यो उपचार पद्धती सफल भए दोस्रोपटक कोरोनाको संक्रमण देखिने छैन । उक्त प्रेस ब्रिफिङमा अमेरिकामा दैनिक एक लाख व्यक्तिमा कोरोनाको परीक्षण भइरहेको बताइएको छ । यो संख्यालाई अझै बढाउने प्रयासमा प्रशासन रहेको उल्लेख गरिएको छ ।

ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका डाक्टर एन्थनी फाउचीले अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्नुमा सामाजिक दूरीको असर पनि मुख्य कारण भएको बताएका छन् । बीबीसी हिन्दीको सहयोगमा