विश्वमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ६५७ पुग्यो

कोरोनाभाइरसले विश्वभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै, साढे ३ लाख बढी निको भएर घरसमेत फर्किसकेका छन् । अमेरिकामा संक्रमित बिरामीको संख्या चार लाख ६० हजार पार गरेको छ जबकि यहाँ १६.६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तै, भारतमा संक्रमित बिरामीको संख्या ५ हजार ८ सय पार भएको छ । हालसम्म यहाँ १६९ बिरामीको मृत्यु यो भाइरसका कारण भएको छ । मृत्युको आँकडालाई हेर्ने हो भने इटलीको स्थिती अहिलेसम्म पनि भयावह छ । इटलीमा कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ छ ।

यहाँ अहिलेसम्म १८ हजार २ सय ७९ को मृत्यु भइसकेको छ । कोरोना संक्रमित २८ हजार ४ सय ७० जना निकोसमेत भइसकेका छन् । जबकी स्पेनमा १ लाख ५३ हजार २ सय २२ जना कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ अहिलेसम्म १५.४ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।