मुख्य समाचार Archive

नेपालमा पहिलोपल्ट कोरोनाबाट एक विदेशी नागरिकको मृत्यु
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपल्ट एक विदेशी नागरिकको ज्यान गएको छ । त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मुटुको समस्या रहेकी ४८ वर्षीय चिनियाँ महिलाको बुधबार बिहान

थप १०० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १८ हजार नाघ्यो
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

लामाताल सामुदायिक वनको बैज्ञानिक ब्यवस्थापन गरिदैं
भालुवाङ, अर्घाखाँचीकाे सितगंगा नगरपालिका वार्ड नम्बर ७ स्थित लामाताल सामुदायिक वन उपभोक्ता समूहकाे बृक्षाराेपण कार्यक्रमकाे सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे छ । दाङकाे बड्कापथ सिचाई आयाेजना लमहीकाे २९ लाख ५५ हजार ७ सय ५० रूपैयाँकाे बजेटमा

कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज २२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये १६ जना दैलेख र ६ जना कालिकोटका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७८३ जना पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार कालिकोटको संक्रमितमध्ये

बाढीले बगाएको दाउरा झिक्न जाँदा बगेर एक जनाको मृत्यु
रौतहट ,बाढीले बगाएर ल्याएका दाउन निकाल्न जाने क्रममा लाल बकैया खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरिया नगरपालिका-१ भसेडवा बस्ने वीरेन्द्र यादवका २५ वर्षीय छोरा बैजु यादव छन्। बाढीमा दाउरा टिप्न जाँदा उनलाई

डेंगुको खतराबाट बच्ने उपाय र लक्षण
लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो, डेंगु ज्वरो । यो रोग डेंगु भाइरसको संक्रमणबाट लाग्ने गर्दछ । डेंगु विषाणुद्धारा संक्रमित एडिज एजिष्टाई जातको पोथी लामखुट्टेबाट सर्दछ । डेंगुका कारण वर्षेनी विश्वभर करोडौं मानिस संक्रमित हुने

सुन तोलाको ९४ हजार पुग्यो
काठमाडौं, सुनको मूल्य आज (बुधबार) अहिलेसम्मकै सर्वाधिक कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ। हिजो ९२ हजार ७०० रुपैयाँ तोकिएको छापावाल सुन आज एकै दिन

पार्टीलाई बलियो बनाउन एकताबद्ध हुनु अपरिहार्य : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि गर्दै ओलीले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउँदै

झापामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, तीन जना घाइते
झापा, झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । bमेचीनगरबाट

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्तकको संख्या ४१ पुग्यो
महोत्तरी, नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । कोरोना भाइरस संक्रमण देखिएका एक बृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय

