देश Archive
लागुऔषध कारोवारी तीन जना पक्राउ
ताप्लेजुङ, लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ(लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ

किर्गिस्तानका दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण
काठमाडौं, विशेष अनुरोधपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको किर्गिस्तानको हेलिकोप्टरका दुई चालकहरु नै बेपत्ता भएका छन् । बेपता भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुबीच हल्लखल्ली नै मच्चिएको छ । किर्गिस्तानका नागरिकहरु क्याप्टेन

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको
प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमाथि आज पनि सुनुवाइ हुँदै
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ
हुस्सुले आन्तरिक उडानमा असर
काठमाडौँ, बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ ।नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हुस्सु नखुलेसम्म विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान हुने सम्भावना
ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुन सक्दैन : सन्चारमन्त्री गुरुङ
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन ।‘नमस्ते ख्वप टेलिभिजन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन

कञ्चनको गिरफ्तारीविरुद्ध विद्रोही नेकपाले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सचिवालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ ।बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोला सहित ३ जनालाई पक्रेको थियो

२४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा ४०५ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौ, पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

थप ६ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।

