सुनको मुल्यमा गिरावट

काठमाडौं, साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। 

शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ५ सय रुपैया थियो।

सात सय रुपैयाले नै घटेको तेजावी सुनको मूल्य आज ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाले घटेर १२ सय ३० रुपैयामा कारोवार भइरहेको छ।