दोस्रो स्थानमा उक्लियो लेस्टर

काठमाडौँ, प्रिमियर लिग फुटबलमा लेस्टर सिटी सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लेस्टरले साउथह्याम्टनमाथि २-० को जित हात पारेको हो ।

खेलको ३७ औं मिनेटमा जेम्स मेडिसनले गोल गर्दै घरेलु टोलीलाई पहिलोहाफसम्म अग्रता दिलाएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई २-० को सहज जित दिलाउन सफल भए ।

जितसँगै लेस्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १८ खेलबाट ३५ अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ । पराजित साउथह्याम्टन २९ अंकसहित आठौं स्थानमा छ ।