देश Archive

ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएका थिए।

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

बैतडी, बैतडीमा पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । ती स्थानीय तहका प्रत्येक

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। समूहले आफू निकटका सांसदको बैठक

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं , दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौं,  सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक

मुगुमा प्रचण्ड-नेपाल पक्षको राष्ट्रीय युवा संघको कार्यक्रम सम्पन्न

मुगु,मुगुमा प्रचण्ड नेपाल-पक्षको नेपाल राष्ट्रीय युवा संघ नेपालको युवा भेला कार्यक्रम सम्पन्न भएको छ।सुक्रवार सोरु गाउँपालिका राष्ट्रीय युवा संघ नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रीय युवा संघ नेपाल मुगुका सह-संयोजक धनराज बुमीका अनुसार दर्जन

ओलीले अविश्वास प्रस्तावको बाटोमा जान बाध्य वनाएः प्रचण्ड ​

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनापछि पनि राजीनामा नदिएर अविश्वासको प्रस्तावमा जान बाध्य बनाएको बताएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो।

विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ होः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कुनै हिंसात्मक द्वन्द्व नरहेको जनाएका छन्।राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति

नेकपा संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं,नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। शुक्रबार पार्टीका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो।प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको

धर्तीमा गाडिन्छौँ तर कसैसंग झुक्दैनौँः विप्लव

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कुनै प्रकारको हस्तक्षेप सह्य नहुने जनाएका छन्। राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले भने, हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप