प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सरेको छ । आज (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए ।

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार गरेको फैसालाले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।

सर्वोच्चको फैसलाविरुद्ध रणनीति बनाउने र आवश्यक निर्णय लिनका लागि वैठक बस्न लागेको हो । नेकपाका नेताहरुले सर्वोच्चको फैसला विरुद्ध आवश्यक कानूनी परामर्श गरेर पुनरावलोकनमा जाने बताएका छन् ।