विश्व Archive

जहाज उडाउन सिकाइरहेका प्रशिक्षक आकाशमै बेहोस्
काठमाडौं, प्रशिक्षक आकाशमै बेहोस् भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन् । पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए ।

यमनमा भयङ्कर हवाई हमला, ५० भन्दा बढी बन्दीहरु मारिए
एजेन्सी, यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ । यसक्रममा

फिलिपिन्समा भयानक विमान दुर्घटना : सवार सबैजनाको मृत्यु
एजेन्सी, आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ । यस पहिले आएको

‘भारतसँगको हवाई मार्ग बन्द गर्ने तयारीमा पाकिस्तान’
पाकिस्तानले पुन: एक पटक भारतसँगको आफ्नो हवाई मार्ग बन्दको घोषणा गर्न गइरहेको त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले बताएका छन्। मन्त्री चौधरीका अनुसार पाकिस्तानले भारतको लागि हवाई मार्ग पूर्ण रूपमा बन्द गर्नेबारे सोचिरहेको छ। उनका

जम्मू कश्मीर पुगेका राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइयो
एजेन्सी, जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारले निर्णय गरेपछि जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ पुगेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइएको छ । जम्मू कश्मीरको राजधानी श्रीनगरको

रहेनन् भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्ली
काठमाडौं, भारतीय पूर्वअर्थ मन्त्री अरुण जेट्लीको निधन भएको छ । अखिल भारत आर्युविज्ञान संस्थान (एआईआईएमएस) अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको भारतीय समाचार संस्थाले जनाएका छन् । लामो समयदेखि बिमारी रहेका जेट्लीको नेपाली समयअनुसार १२ः२२ मा

भारतको एक मन्दिरमा भागदौड, चार जनाको मृत्यु, कयौँ घाईते
एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ । सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा

कास्मिरको समस्या सुल्झाउन नेपाललाई पाकिस्तानको आग्रह
काठमाडौँ, पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका

अब भारतसँग वार्ता हुँदैनः इमरान खान
काठमाडौं,पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले कश्मिरको विषयमा अब भारतसँग वार्ता नगर्ने बताएका हुन् । अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले कश्मिरको विषयमा भारतसँग सैन्य टकरावको खतरा

जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि….
एजेन्सी, काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ । उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँकी