अफगानिस्तानको एक अस्पताल नजिकै बम बिस्फोट : ७ जनाको मृत्यु, ८५ घाइते

एजेन्सी । अफगानिस्तानको जाबुल प्रान्त स्थित एक सरकारी अस्पताल नजिकैको ट्रकमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने, ८५ जना घाइते भएका छन् ।

अफगानी अधिकारीहरूले टोलो न्युजलाई दिएको जानकारी अनुसार बिहान करिब ६ बजे भएको उक्त धमाकाका कारण कयौं कार्यलय र भवनहरू क्षतविक्षत भएका छन् ।

राष्ट्रीय सुरक्षा निर्देशालय (एनडीएस) कार्यालय अस्पताल नजिकै थियो । तर अधिकारीहरूले बताएअनुसार एनडीएसका कुनै पनि कर्माचारीमाथि कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन ।

यस घटनाको जिम्मेवारी लिँदै तालिबान समुहले बताएको छ उसको निशाना एनडीएस कार्यालय थियो ।