समाचार Archive

दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय
काठमाडौं, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएका छन् । आज (आइतबार) दिउँसो प्रचण्ड–नेपाल पक्षले संसद सचिवालयका महासचिव डा. भरत पौड्याललाई सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयोः वनमन्त्री आले
काठमाडौं ,वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १० औँ महाधिवेशन तथा २१ औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही

सरकारमा जानेबारे यसो भन्छन् विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला
काठमाडौं, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने–नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको

ओली समूह छाडेर सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल पक्षमा
काठमाडौं,नेकपाकी सांसद विष्णु शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा छाडेर प्रचण्ड–नेपाल समूहमा आएकी छिन् । संसद बैठक शुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी

विप्लव र पूर्वसभामुख महरा बिच भेटबार्ता
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । फागुन २१ गते सार्वजनिक भएलगत्तै खुल्ला भएका महासचिव विप्लवले आइतवार नेता महरालाई
प्रधानमन्त्री ओलीले आज कोरोनाविरूद्धको खोप लगाउँदै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
कञ्चनपुर, लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर
बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने । ‘चुनाव
नेकपा विवाद : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग
काठमाडौं, चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर
घुस दिन खोज्ने ट्रक चालक पक्राउ
चितवन, चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई

