ओलीसँग संघर्ष गर्ने माधव नेपाल समूहको संकेत

काठमाडौं,  नेकपाका नेता माधवकुमार नेपाल समूहले पूर्वएमालेमै रहेर अध्यक्ष केपी ओलीसँग संघर्ष गर्ने संकेत गरेको छ ।
अहिले प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भेला पेरिसडाँडामा जारी छ ।

“हामी पार्टी एकतालाई जोडेर जाने विषयमा अघि बढ्छौँ,” स्थायी कमिटी सदस्य भीम आचार्यले भने, “सरकारको सन्दर्भमा पनि सकेसम्म वाम सरकार होस् भन्ने हाम्रो चाहना छ ।”

सर्वोच्च अदालतको फैसलापछि अब एमालेमा फर्किनुको विकल्प नरहेको नेताहरुले बताएका छन् ।